धरान / आज बसेको मन्त्रिपरिषद्को बैंठकले लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।
संकमितको संख्या बढ्दैं गरेको कुरालाई मध्यनजर गरेर थप १५ दिन लकडाउन निरन्तरता दिने निर्णय भएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिएका छन् ।

आजै बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन अझै लम्ब्याउन सरकारलाई सुझाव दिएको थियो ।
सरकारले यस अघि बैशाख २५ देखि जेठ ५ गतेसम्मलाई लकडाउन लम्बाएको थियो । यता भारतले जेठ २८ सम्म लकडाउन गर्ने निर्णय गरिसकेको छ ।