धरान/ बोरामा बोकेर लागूऔषध नेपाल ल्याउँदै गर्दा एक भारतीय नागरिक मध्यराती पक्राउ परेका छन् ।

गत बैशाष ३० गते राति इलाका प्रहरी कार्यालय लौहकी सुनसरीबाट खटिएको प्रहरी टोलीले जिल्लाको कोशी गाउँपालिका १ स्थित नेपाल भारतको सिमानातिर गस्ती गर्दै जाने क्रममा रातको ११ः ४० बजेको समयमा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएका थिए ।

उनी बिहारको अररिया बेला ग्राम पंचायत वडा नं। ७ बेला बस्ने बर्ष २७ को शंकर यादव रहेको प्रहरीले जनाएको छ । उनले बारोमा स्पास्मो प्रोक्सिभन प्लस लेखिएको क्याप्सुल २२ पत्तामा जम्मा ५२८ क्याप्सुल र डाईलेक्स डिसि१०० एमएल लेखिएको बोतल २८ थान फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यादवलाई लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कार्वाहीका लागि अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।