ब्लाष्टखबर । भरुवा, कटुवा बन्दुक र काठका डमी बन्दुसहित प्रहरीले धरानका एक युवालाई पक्राउ गरेको छ ।
अवैध हातहतियार राखेको सूचनाका आधारमा बुधबार धरान ४ देबीथानबाट २० वर्षीय सूर्य राईलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो ।
राईलाई भरुवा बन्दुक १ नाल, घरेलु नाल सहितको कटुवा बन्दुक जस्तो देखिने १ नाल र बन्दुक आकारको काठको डमी राइफल २ थानसहित उनलाइ निजकै घरबाट नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालयल धरानले जनाएको छ ।
उनलाई हातहतियार तथा खरखजना सम्बन्धी मुद्धामा म्याद थप गरी अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।