सिरहा / सिरहामा एक पत्रकार नेपाली सेनाबाट कुटिएका छन् ।
सिरहा सदरमुकाममा लकडाउन पालना गराउन खटिएका नेपाली सेनाको टोलीले फोटो खिच्ने क्रममा नवजागृति साप्ताहिकका पत्रकार बद्रीनारायण यादवलाई कुटपिट गरेको हो । आफू पत्रकार भएको र लकडाउन पालना गराउन सेना खटिरहेको दर्शाउन फोटो खिच्दा दुव्र्यवहार र कुटपिट गरेको पत्रकार यादवले बताए ।

पत्रकार यादवका अनुसार जथाभावी हिड्नेहरुलाई सचेत गराउने र धपाउने काम गरिरहदा समाचार बनाउने अभिप्राय राखेर त्यसको फोटो खिँचेका थिए । त्यही क्रममा त्यहाँ खटिएका नेपाली सेनाका कमाण्डरले बोलाउन लगाए । बोलाउन आएका सेनाले प्रेस कार्ड हेर्दा हेर्दै पाइपले पिट्दै लग्यो । ‘सेनाको फोटो खिच्ने ? को हो तिमि ?’ भन्दै हप्काएको उनले बताए ।