Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अफगानिस्तानको अस्पतालमा हमला, मृत्यु हुनेको संख्या २४ पुग्यो

अफगानिस्तानको अस्पतालमा हमला, मृत्यु हुनेको संख्या २४ पुग्यो

alt
  • वैशाख ३१, २०७७
  • एजेन्सी
 
एएफपी /  अफगानिस्तानको राजधानी काबुलमा मंगलबार एउटा अस्पतालमा बन्दुकधारीहरुले हमला गरेका छन् । उनीहरुले गरेको सो हमलामा परी २४ जनाको ज्यान गएको छ । त्यहाँ भएको सो हमलामा मंगलबार नै दुई जना शिशुसहित १४ जनाको मृत्यु भएको बताइएको थियो ।
तर अफगानिस्तानका स्वास्थ्यसम्बन्धी उपमन्त्री वाहिद अहमदले बुधबार सो हमलामा परी ज्यान जानेको संख्या २४ पुगेको जानकारी दिए । यहाँका स्वास्थ्यसम्बन्धी उपमन्त्री वाहिदले उक्त आक्रमणमा परी थप १६ जना घाइते भएको जानकारी दिए । उनले मंगलबारदेखि बुधबार बिहानसम्म लगाएर सो अस्पतालमा रहेका आतंककारीमाथि पनि कारबाही गरिएको जानकारी दिए । अफगानिस्तानमा सुरक्षासम्बन्धी अधिकारीहरूले सुरूमा त्यहाँ शृंखलाबद्ध रुपमा बम विस्फोटन भएको र त्यस बम हमलामापछि बन्दुकबाट पनि आक्रमण गरिएको उल्लेख गरेका छन् ।
 
त्यस अस्पतालमा सो समयमा चिकित्सक र नर्ससहित १ सय ४० जना कर्मचारी कार्यरत रहेको जानकारी दिइएको छ । त्यस अस्पतालबाट भाग्न सफल भएका एक जना चिकित्सकले त्यसबेला अस्पतालमा विरामीहरु पनि रहेको जानकारी दिएका छन् । त्यस अस्पतालको प्रसुती गृह एक अन्तराष्ट्रिय परोपकारी संस्थाले सञ्चालन गरिरहेको बताइएको छ । विदेशी संस्थाले सञ्चालन गर्दै आएको हुनाले त्यस अस्पतालमा तालिबानले हमला गरेको हुनसक्ने बताइएको छ ।
 
त्यहाँ विदेशी कर्मचारी तथा स्वास्थ्यकर्मीहरु पनि कार्यरत रहेका थिए । यद्यपि सो आक्रमणको जिम्मेवारी कसैले लिएको छैन । त्यस अस्पतालका कर्मचारीहरूले प्रयोग गर्ने अतिथि गृहलाई हमलाकारीले निशाना बनाएकोले उनीहरुले विदेशी कर्मचारीलाई नै आक्रमणको निशाना बनाएको हुनसक्ने बताइएको छ । आक्रमणको समयमा त्यहाँ रहेका करिब तीन जना विदेशीसहित १०० जना महिला र बालबालिकालाई त्यहाँबाट सुरक्षित स्थानतर्फ लैजान सफल भएको बताइएको छ ।
सम्बन्धित समाचार
प्रदेश र स्थानीय तह छाडेर प्रतिनिधिसभामा उम्मेदवारी

विराटनगर । आम निर्वाचनको समयमा दल फेर्ने र टिकटका लागि दौडधुप गर्ने दृश्य स ...

मतदाताज्यू उम्मेदवारलाई प्रश्न गर्नुस्

यही आउँदो फागुन २१ मा चुनावको मिति तोकेको छ । निर्वाचन आयोगले आज (मङ्गलबार) ...

आजको राशिफलः २०८२ साल माघ ६ गते मङ्गलबार

श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल माघ ६ गते मङ्गलबार, २० ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
प्रदेश र स्थानीय तह छाडेर प्रतिनिधिसभामा उम्मेदवारी
मतदाताज्यू उम्मेदवारलाई प्रश्न गर्नुस्
आजको राशिफलः २०८२ साल माघ ६ गते मङ्गलबार
एन्टामा सिंह
बस दुर्घटना : १८ महिने बालकसहित ५ जनाको मृत्यु, सबैको पहिचान खुल्यो
एनसेलको सहयोगमा ‘क्रिएटर्स मेला’
आइसियु तत्काल बनाऊ
आजको राशिफलः २०८२ साल माघ ५ गते सोमबार
भाषामा मानकीकरणका प्रयास र सुधारका उपाय
हर्क साम्पाङले दिए राजीनामा
धरानको जिरोपोइन्टको दुर्घटनामा पाँचको मृत्यु, १३ घाइते (अपडेट)
धरानको जिरोपोइन्टमा स्कुल बस दुर्घटना, चारको मृत्यु
बालेनले दिए राजीनामा, हर्कको के होला ?
बाँसझ्याङमा जुवाको अखडा: नगद तीन लाखसहित चार पक्राउ
कोशी अस्पतालको आइसियु चार दिनदेखि बन्द
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved