भण्टाबारी । लकडाउनको समयमा लागूऔषध ओसारपसार गर्ने एकजना भारतीय नागरिक सीमावर्ती क्षेत्रबाट पक्राउ परेका छन् ।

मंगलबार राति पौने १२ बजेको समयमा भारतबाट नेपालतर्फ ल्याउदै गरेको अवस्थामा सुनसरीको कोशी गाउँपालीका वार्ड नम्बर १ लौकहीस्थित दसगजा क्षेत्रबाट प्रतिबन्धित लागूऔषधसहित भारतीय नागरिकलाई नियन्त्रणमा लिएको बिओपी लौकहीका इन्स्पेक्टर भूपेन्द्रकाजी निरौलाले जानकारी दिए ।

बिओपी लौकही र ईलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गस्ती टोलिले स्पास्मो ५२७ पीस, डाइलेक्ष डिसि २८ बोतल र गाजा ३० ग्राम टाउकोमा ल्याउदै गर्दा भारत जिल्ला अररिया पन्चायत ७ बेला बस्ने वर्ष २६ को शंकर यादवलाई पक्राउ गरिएको बिओपी लौकहीले जनाएको छ । उनलाई आवश्यक कारबाहीको नेपाल प्रहरीलाई जिम्मा लगाइएको छ ।