वराहक्षेत्र /  सशस्त्र प्रहरी बल नेपाल सुरक्षा पोष्ट चतराले, ठूलो परिमाणको लागुऔषधी सहित एकजना पक्राउ गरेको छ ।

सशस्त्रले सोमवार वराहक्षेत्र नगरपालिकाको वार्ड नम्बर ८ वाट कोशी गाउँ पालिका वार्ड नम्बर १ लौकही बस्ने १९ वर्षका रोशन झालाई लागुऔषधसहित पक्राउ गरेको हो ।

सशस्त्र प्रहरीले नहरको वाटोमा राखेको चेक प्वाइन्टवाट, लौकहीवाट स १० प ४६९२ नम्बर पल्सर मोटरसाइकलमा आउँदै गरेको झालाई विहान ४ वजे पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल सुरक्षा पोष्ट चतराका प्रहरी निरीक्षक अशोक न्यौपानेले बताए ।

झा को साथवाट २ एमएलको एक सय पचासको दरले लिजेसीक,फेनारगन र डाइजेल्याब गरी ४ सय ५० थान इन्जेक्सन एमपुल ,६५ बोटल डाइलेक्स,२ वोटल फेन्सीडल तथा ६० वटा पत्तामा १४ सय ४० गोटा इपास्मो प्रोक्सीभन क्यापसुल यसैगरी नेपाली ११ हजार ८ सय १० र भारु १ हजार २ सय ३० रुपैंया र मोबाइल तथा घडी १,१ थान तथा निलो रंगको, स १० प ४६९२ नम्बर पल्सर मोटरसाइकल बरामद गरिएको प्रहरी निरीक्षक न्यौपानेले बताए ।
लकडाउनका धरान, चतरासम्म होमडेलिभरी सेवा
पक्राउ गरिएका झालाई आवश्यक कार्यवाहीको इलाका प्रहरी कार्यलय चक्रघट्टीमा बुझाइएको छ । झाले लकडाउनको बेला धरानमा पु¥याएर विक्रि गर्ने गरेको बताइएको छ । धरानको तीनकुने नाकामा प्रहरीले कडाई गरेकाले भित्री सडक हुदैं चतरा, धरानलगायत क्षेत्रमा विक्रि गर्ने गरेको बताइएको छ ।