ब्लाष्टखबर । लहानमा आफ्नै बारीमा टाउको काटिएको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ ।

लहान नगरपालिका वडा नम्बर १७ निवासी करिब ४० वर्षीय पुरुषको घरदेखि ५५ मिटरको दूरीमा रहेको उनकै बारीमा टाउको काटिएको अवस्थामा  शव मंगलबार बिहान फेला परेको प्रहरीले जनाएको छ ।

सोमबार राति नै हत्या भएको आशंका गरीगएकाे उनकाे कसले र किन हत्या गरेको हो ? भन्ने नखुलेको इलाका प्रहरी कार्यालय लहानका डिएसपी शरद कुमार क्षेत्रीले जानकारी दिए ।

प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ । शवलाई पोष्टमार्टमका लागि पठाइएको छ । लकडाउनको अवधिमा प्रदेश २ मा ११ जनाको हत्या भएको छ भने ५७ जनाले आत्महत्या गरेका छन् ।

स्राेत : अनलाइन्