धरान । दलित बालिकालाई बलात्कार गरेर फरार रहेका आरोपीलाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

लकडाउनको समयमा वैशाख १८ गते रातको समयमा मोरङ मिक्लाजुङ गाउँपालिकाकी १४ वर्षीया दलित बालिकामाथि बलात्कार गरी फरार रहेका २२ वर्षीय धिरेन मगरलाई पक्राउ गरिएको हो । उनलाई आज बिहान पक्राउ गरिएको छ । लकडाउनको समयमा घरमा एक्लै भएको मौका छोपेर धिनेरले बलात्कार गरेका थिए ।

पक्राउ परेका उनलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मधुमल्लाले उर्लाबारी इप्रकालाई बुझाएको सइ रामकाजी कटुवालले जानकारी दिए । बलात्कारको शिकारमा परेकी बालिकालाई संरक्षण गृहमा राखिएको छ । आरोपी धिरेनविरुद्ध जबर्जस्ती करण महल अन्तर्गत  मुद्दा दर्ता गरिएको छ ।