चितवन । चितवनमा स्थानीयको आक्रमणबाट तीन प्रहरी घाइते भएका छन् । गाँजा बरामद गरेर फर्किँदै गरेको प्रहरी टोलीमाथि पूर्वी चितवनको राप्ती नगरपालिका–५ चौकीडाँडामा आक्रमण भएको हो । स्थानीयको आक्रमणबाट बच्न प्रहरीले हवाई फायर गरेको थियो ।
प्रहरीका अनुसार राप्ती नगरपालिका–१२ बाट ३४ केजी गाँजा बरामद गरेर फर्किरहेको बेला शुक्रबार राति करिब साढे ९ बजेतिर चौकीडाँडामा स्थानीयबासीले प्रहरीमाथि आक्रमण गरेका थिए ।
आक्रमणबाट प्रहरी जवान अवधेसप्रसाद यादव, लुकेश जर्घा र सुजन बराइली घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
स्थानीयको आक्रमणबाट इलाका प्रहरी कार्यालय भण्डारा र नगरपालिकोकोगाडीमाक्षति पुगेको छ । आक्रमणमा संलग्न भएको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।