धरान । सर्लाहीको लालबन्दीबाट ५ केजी गाँजासहित २ युवा पक्राउ परेका छन् । लालबन्दी नगरपालिका–१५ बाट जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले ५ केजी गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।

सोही नगरपालिका–८ का २६ वर्षीय मोहन घिसिङ र ईश्वरपुर नगरपालिका–१२ घारीबथानका ४६ वर्षीय फगुनी यादवलाई पक्राउ गरिएको हो । विशेष सूचनाका आधारमा प्रहरीले उनीहरूलाई जाँच गर्दा झोलाभित्र लुकाईछिपाई ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको थियो । यसबारे म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।