भद्रपुर / मालवाहक ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । झापाको कमल गाउँपालिका ५ दमक नजिकै पाडाजुंगी छेउ रवि पेट्रोल पम्प अगाडि शुक्रबार साँझ भएको दूर्घटनामा एक जनाको मृत्यु भएको हो ।

पूर्ववाट पश्चिम जादै गरेको बा ८६ प ९७७२ नम्बरको मोटरसाईकललाई विपरीत दिशाबाट आउदै गरेको ना. ६ ख. ५४०१ नम्बरको ट्रकले ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय विर्तामोडले जनाएको छ । दुर्घटनामा परी मोटरसाइकलमा सवार इलाम चुलाचुली ४ का ३१ बर्षिय रणबहादुर लिम्बू रहेको प्रहरीले जनाएको छ ।

साँझ सवाँ ७ बजे भएको दूर्घटनापछि ट्रक चालक भागेको प्रहरीले जनाएको छ । घटनापछि चालकको खोजी कार्य जारी रहेको छ भने ट्रक इलाका प्रहरी कार्यालय दमकमा राखिएको इलाकाका डिएसपी विजयराज पंण्डितले जानकारी दिए ।