इटहरी । इटहरीका मेयर द्धारिकलाल चौधरी पुन विवादमा तानिएका छन । इटहरी १७ मा लकडाउनको बेला मादक पदार्थ खाएर विवाद बढेको थियो । त्यो घटना सामाजिक संजाल तथा केही सञ्चार माध्यममा भाइरल भएपश्चात त्यसको भोलीपटक घटनाको विवरण सार्वजनिक भएको थियो ।
सोही घटनाको इतिबृतान्त सार्वजनिक गर्दै सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्ने इटहरी ५ बस्ने स्थानीय तारा पोखरेललाई मेयर द्धारिकलाल चौधरीले फोन गर्दै धम्की दिएको अडियो सार्वजनिक भएको छ ।
मेयर चौधरीले पोखरेललाई फोन गर्दा को बोलेको ? भनेर सोध्दा जवाफमा मेयर चौधरीले पटक पटक तेरो बुढिको पोइ भनेको सुन्न सकिन्छ । के बोलेको खोइ बोलेको भन्ने सवालमा मेयर चौधरीले धम्की दिदै पोखरेललाई तेरो बुढिलाई भोलि अपहरण गर्दैछ त भनेको अडियोमा सुन्न सकिन्छ । जवाफमा पोखरेलले खोइ बोलेको? अँ भन्नू न त ठिकै हो त भनेको सुन्न सकिन्छ ।