पथरी / मोरङको पथरीशनिश्चरे–१ स्थित पथरी बजारमा जुवाको खालबाट १० जनालाई इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको छ ।
विहिबार पर्शु गुरुङको घरमा तास खेल्ने क्रममा माधव कोइराला, रोशन बुढाथोकी, राजेन्द्र बस्नेत, मदन प्रसाद गुरागाई, सुगम सुन्दास, प्रदिप फुयल, कुमार श्रेष्ठ, कुमार विक, सूर्य गुरुङ र खमानसिङं सुन्दासलाई पक्राउ गरेको इप्रका पथरीका डिएसपी दिलिप कुमार गिरीले बताए ।
उनीहरुको साथबाट १६ हजार रकम र तीन बुङ तास पनि बरामद गरेका थिए । पक्राउ परेकालाई अनुसन्धान गरीरहेको प्रहरीले बताएका छन् ।