धरान । धरानमा बेवारिसे भेटिएका शवहरू गाड्ने क्रममा धरान उपमहानगरले ध्यान नपु¥याउँदा नेपाल प्रहरीलाई नचाहिने तनाव बढेको छ ।

धरान उपमहानगरले चारकोषे झाडीको सेउती खोला नजिकै बेवारिसे भेटिएका शवहरूलाई गाड्दै आएको थियो । खोलामा आएको बाढीका कारण आज चार वटा शव निकालेपछि प्रहरीलाई तनाव बढेको हो । एक प्रहरीका अनुसार खोलाको भेलले बाहिर निकालेका शवलाई रितपूर्वक अन्त्येष्टि गरिएको छ ।

धरान नगरभित्र भेटिएका बेवारिसे शवहरूलाई गाड्दा ध्यान नपु¥याएका कारण खोलामा आएको बाढीले निकालेको ति प्रहरीले जानकारी दिए । धरान उपमहानगरपालिकाले ति शवहरू रितपूर्वक धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम गरी गाड्दै आएका थिए ।

पुरेका शवहरू खोलाले निकालेपछि प्रहरीले व्यवस्थापन गरेको हो । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले बाढी आएका कारण केही शवहरू बाहिर निकालेको भेटिएपछि त्यस विषयमा नगरलाई बुझेर पुनः गाड्न लगाएको बताए ।