सिरहा / सिरहा जिल्लाको मिर्चैयामा बजार मूल्यभन्दा बढीमा लिएर बिक्री गर्ने १ हजार ४ सय ५० बोरा सिमेन्टसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले मिर्चैया ५ स्थित राजमार्गमा लकडाउनको समयमा चलिरहेको स १ त ५१३२ नं. को ट्याक्टरबाट शालिमार सिमेन्ट ९० बोरा सिमेन्टसहित उक्त ट्याक्टरलाई नियन्त्रणमा राखिएको थियो । साेधपुछ गर्दा ट्याक्टरमा लोड रहेको सिमेन्ट भाग्यवान आइरन स्टोरबाटप्रति बोरा ७ सयको दरले मौखिक सम्झौता गरी प्रति बोरा ५ सय ७० को दरले बिजय साहको नाममा बिल बनाई धनुषा गणेशमान चारनाथ नगरपालिका अन्तर्गत वीरेन्द्र बजारमा सिता टेडर्स हार्डवयर पसल संचालन गरी बस्ने अजय साहलाई पठाइएको पाइएको छ ।

भाग्यवान आइरन स्टोरमा मौज्दात रहेको ४०० बोरा शालिमार सिमेन्ट र ४०० बोरा अल्ट्रा सिमेन्ट समेत सोहि स्टोरमा सुरक्षित राख्न लगाई ट्याक्टर चालक सिराहा छिरेश्वरनाथ नगरपालिका वडा नं.२ बस्ने जगदिश सदा र भाग्यवान आईरन स्टोरका संचालक प्रमोद साह समेतलाई पक्राउ गरिएकाे छ । 

यस्तै  मिर्चैयाबाट खटिएको प्रहरी टोलीले मिर्चैया नगरपालिका वडा नं.४ स्थित राजमार्गबाटै ना ५ ख ९६६७ नं. को ट्रकलाई रोकि चेकजाँच गर्ने क्रममा शालिमार सिमेन्ट ५०० बोरा सिमेन्ट रहेको सोधपुछ गर्दा यहि बैशाख १७ गतेको जिल्लाकाे कल्याणपुर नगरपालिका वडा नं. ४ को कार्यालयको सिफारिस पत्रमा दलितहरुको लागि जनता आवास कार्यक्रम अन्तर्गत घर निर्माण कार्यको लागि भन्ने व्यहोराको छाया पत्र पाइएकाे थियाे । यस्तै  दिपक आइरन स्टोर कल्याणपुरको नाममा नेपाल शालिमार सिमेन्ट प्रालिको बिल समेत फेला परेको थियाे ।

तर कल्याणपुर नगरपालिकाको एरियामा जनता आवाज कार्यक्रम अन्तर्गत दलित सामुदायिहरुको लागि कुनै पनि घर निर्माणधिन नरहेको र उक्त आवासको लागि टेन्डर प्रकृया समेत आह्रवान गरेको नपाइएको र कल्याणपुर नगरपालिककाको पत्रमा झुठा विवरण खुलाई पासको दुरुप्रयोग गरी बढि मुल्यमा विभिन्न पसलहरुमा सिमेन्ट विक्री वितरण गरेको खुलेको प्रहरीले जनाएकाे छ ।

त्यस्तै मिर्चैया नगरपालिका वडा नं.४ बाटै १ त ६५६८ नं. को ट्याक्टरलाई रोकि चेकजाँच गर्ने क्रममा अन्ली फोर प्रोजेक्ट लेखिएको ६० बोरा सिमेन्ट, ट्याईलेटको पेन थान १, पिभिसि पाईप थान ३ जस्ताको पता थान १०, मोटरको पाइप १ थान ब्याण्डल, पिभिसि सकेट थान ५ रहेकोले सोधपुछ क्रममा नियन्त्रणमा लिइएको छ । कालोबजारी गरेको आरोपमा चारै जनालाई कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय सिरहा पठाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाका (डिएसपी) सन्तु जैसवारले बताए ।