लक्ष्मीमार्ग/मोरङको बेलबारी ७ को नहरको डिलमा बिहीबार बिहान एक जना युवाको शव भेटिएका छ ।

कानेपोखरी गाँउपालिका वडा नम्बर १ होक्लाबारीका का १८ वर्षीय आयुष गिरीको शव नहरको डिलमा भेटिएको छ । शव पोष्मार्टमका लागि उर्लावारी स्थित मगलवारे अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय बेलबारीका इनिस्पेक्टर ऋषिराज ढकालले बताए ।

स्थानीय भने मृतक गिरीको शरीरका विभिन्न अंगमा चोटपटक देखिएकोले हत्या भएको हुनसक्ने आशंका गरेका छन् । प्रहरीले भने पोेष्टमार्टम रिर्पाेट नआएसम्म केही बोल्न सक्ने अवस्था नरहेको बताएको छ ।