गायक डिल्ली फोम्बोको नयाँ गीत रिलिज (भिडियाेसहित)

alt
  • चैत्र २६, २०७६
  • ब्लाष्ट खबर

धरान । गायक डिल्ली फोम्बोको नयाँ गीतको भिडियो रिलिज भएको छ । चैत २४ गते ‘नेपाली’ बोलको गीतको भिडियो युट्युबमा रिलिज गरिएको हो ।

‘माइली’ एलबम बजारमा ल्याइसकेका गायक फोम्बोको यो गीतको शब्द र सङ्गीत द पिएसार र गायक स्वयम्को रहेको छ । डिल्ली फोम्बो एण्ड द ब्याण्डको गीतको निर्देशन सुन्तान इधिङ्गोले गरेका छन् । पूर्वको रमणीय स्थान तेह्रथुमको वसन्तपुरलगायत क्षेत्रमा छायाङ्कन गरिएको गीतमा लिड गिटारिष्टमा समिर, ड्रममा पल, बेस गिटारमा मनि लिम्बू, रिदम गिटारमा एल्भिन श्रेष्ठ छन् ।

निर्देशक सुन्ताल इधिङ्गाले गीतको पोष्ट प्रोडक्सन भने बेलायतमा गरेका हुन् । गीत राष्ट्रिय भावनाले ओतप्रोत रहेको छ । गीतमा भूगोल र सीमानाले छुट्याए पनि हामीभित्र बग्ने रगत नेपाली भएको सन्देश प्रवाह गरिएको गायक फोम्बोले बताए । उनले विदेशी संस्कार र संस्कृतिमा अभ्यस्त बन्नुभन्दा पनि आफ्नै भेषभुषा र संस्कृतिमा रमाउनुपर्छ भन्ने सन्देश प्रवाह गर्न खोजेको बताए ।

नेपाल अनेकौ जातजाति, संस्कार संस्कृतिले धनी रहेकोको सन्दर्भ पनि केलाइएको छ । आफ्नै देशका हाक्पारे, ख्याली, मारुनीका भाकाहरू भुल्दै गएको तीतो यथार्थलाई गीतमा समावेश गरिएको छ । तेह्रथुमको तीनजुरे मिल्के जलजले र धरानको पानमारामा गरिएको छ । करिब साढे ४ लाख रुपैयाँको लागतमा भिडियो निर्माण गरिएको हो ।

धरानमा आफ्नै छोरीलाई ...

धरान । धरान–१७ मा १४ वर्षीया आफ्नै छोरीमाथि बलात् ...

आजको राशिफल, जेठ १९ ...

विसं २०७७ जेठ १९। सोमवार। इस २०२० जुन १। नेसं ११४० तछला ...

धरान उपमहानगरका पूर् ...

धरान । घरेलु कामदारको रूपमा रहेकी तराई क्षेत्रको एक सीम ...

कृषि नीति अनुसारको ब ...

कालाबन्जर /  कृषि उत्पादनमा मुलुक लाई  आत्मनि ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved