धरान । कोरोनाको सङ्कटमा गुज्रिरहेका बेला अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई दिने फण्ड रोक्ने धम्की दिएको छ ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओले चीनलाई साथ दिएको आरोपमा फण्ड रोक्ने धम्की दिएका हुन् । ट्रम्पले डब्लुएचओ चीन केन्द्रित भइरहेको आरोपसमेत लगाएका छन् । ट्रम्पले ह्वाइटहाउसमा नियमित हुने प्रेस सम्मेलनमा डब्लुएचओलाई अमेरिकाले दिने कुनै पनि रकम रोक्न सक्ने बताए । उनले फढठ रोकेपछि यसको असर के हुन्छ त्यसबारेमा पनि आफूले हेर्न चाहेको बताए ।

उनले यदि डब्लुएचओले राम्रो काम गर्छ भने ठीकै छ नत्र अमेरिकाले दिने फण्ड रोक्न सक्ने चेतावनी दिए । उनले डब्लुएचओलाई अमेरिकाले सबैभन्दा बढी फण्डसमेत दिने गरेको बताए । उनका अनुसार ५ दशमलव ८ करोड डलर रकमभन्दा बढी सहयोग गर्ने गरेको बताए । उनले यो रकम कम नभएको जिकिर गरे । उनले डब्लुएचओले चीनको पक्ष लिएर गल्ती गरेको दाबी गरे ।

यता डब्लुएचओका विदेश सम्बन्ध विभागका अध्यक्ष जिम रिचले कोभिड १९ का बारेमा गरेको सबै प्रयासहरूलाई स्वतन्त्र रूपमा लिनका लागि आग्रह गरे । उनले अमेरिकाबासीका लागि मात्रै हैन, यो संकटमा सबै देशले उच्च सुरक्षा सतर्कता अपनाउँदै चाँडोभन्दा चाँडो कोभिड–१९ लाई मानिसको पहुँचबाट हटाउन जरुरी रहेको बताए ।