धरान  /  प्रदेश नं. १ बाट कोरोना भाईरस (कोभिड १९) का तीन दर्जन बढीको नमूना संकलन गरिएको छ । आज सम्ममा १० महिला सहित ४६ जनाको नमूना संकलन गरिएको सामाजिक विकास मन्त्रालय प्रदेश नं. १ का प्रवक्ता डा.सुरेश मेहताले जानकारी दिए ।
उनका अनुसार झापाबाट ५ जना, मोरंगबाट ७ जना, सुनसरीबाट २५ जना, धनकुटाबाट १ जना, ते¥हथुमबाट २ जना , सोलुखुम्वुबाट २ जना, उदयपुरबाट १ जना र पाँचथरबाट ३ जनाको नमूना संकलन गरिएको छ ।
नमूना संकलन गरिएका मध्ये ३० जनाको रिपोर्ट नेगेभिट आएको छ । १६ जनाको रिपोेर्ट आउन बाँकी रहेको प्रवक्ता डा. मेहताले बताए । यस्तै प्रदेश नं. १ मा आज सम्ममा ४ महिलासहित ७ जना आइसोलेसनमा भर्ना भएका छन् । ४ महिला सहित ७ जना आइसोलेसनमा रहेको उनँले बताए ।
प्रदेश नं. १ मा हाल सम्म ३५ वटा अस्पतालका ३ सय ६१ वटा आइसोलेसन बेड तयारी अवस्थामा रहेका छन् । यस्तै सामाजिक विकास मन्त्रालयले प्रदेशका जिल्ला स्वास्थ्य कार्यालय, स्थानीय तह, सुरक्षा निकाय तथा अस्पतालहरुलाई कोरोना नियन्त्रण संवन्धि विभिन्न सामाग्रीहरु वितरण गरेको छ ।

मन्त्रालयले आज पीपीई सेट २ सय ९७ थान, आईआर थर्ममिटर १६ थान, सर्जिकल मास्क २२ हजार १ सय ५० थान, ग्लोब्स १८ हजार ५ सय २६ थान, ह्याण्ड सेनिटाईजर ८ सय १८ थान र पीपीई गाउन ३५ वटा वितरण गरेको छ ।
यसैवीच प्रदेश नं. १ का स्वास्थ्य संस्थाहरुले फिबर क्लिनिक बन्द गरेको भन्दै अविलम्व सञ्चालन गर्न मन्त्रालयले निर्देशन दिईएको छ । सामाजिक विकास मन्त्रालयले आकस्मिक र फिबर क्लिनिक बाहेकका सेवा बन्द गर्न निर्देशन दिए पनि कतिपय स्वास्थ्य संस्थाहरुले फिबर क्लिनिक पनि बन्द गरेको गुनासो आएपछि अबिलम्व सञ्चालन गर्न मन्त्रालयले निर्देशन दिएको हो ।