धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पछिल्लो १९ वटा स्वाबको रिपोर्ट नेगेटिभ आएको छ ।

बाँकी ४ वटाको रिपोर्ट आउन बाँकी रहेको छ । कूल २३ वटा स्वाबको परीक्षण गरिएको थियो । बीपी प्रतिष्ठानका सहप्रवक्ता डा. अशोक ऐरका अनुसार हालसम्म १९ वटाको रिपोर्ट आइसकेको र ४ वटा रिपोर्ट आउन बाँकी रहेको छ ।

बीपीले हालसम्म १ सय ४८ वटा स्क्रिनिङ गरिसकेको छ । जसमा सरकारले बनाएको क्वारेन्टाइनमा ११ जना र एकसय २७ जना सेल्फ क्वारेन्टाइनमा रहेका छन् । उपचारपछि ९ जना डिस्चार्ज गरिसकिएको छ भने एक जना आइसोलेसनमा रहेका छन् ।