धरान । रामेछापको खाँडादेवी गाउँपालिका–१ मा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मंगलबार बिहान भएको जिप दुर्घटनामा गम्भीर घाइते बनेकामध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार मृत्यु हुनेमा दोरम्बा गाउँपालिका–३ का ४० वर्षीय गोपीलाल पहरी र सोही गाउँपालिका २ का २५ वर्षीया संगीता पहरी छन् ।
गोपीलालको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो भने संगीताको धुलिखेल अस्पतालमा मृत्यु भएको हो । भक्तपुरबाट रामेछापको दोरम्बातिर जाने क्रममा बा १४ च ९४९८ नम्बरको जिप दुर्घटना भएको थियो । दुर्घटना हुँदा जिप सडकबाट करिब १ सय मिटर तल खसेको थियो । जिपमा ३० जना यात्रु सवार रहेका थिए ।
































