धरान / धरान उपमहानगरपालिका वाड नंं १८ ले हिजो र आज वाडवासीहरुलाई वडा कार्यालयबाट करिव ७ हजार भन्दा बढिको सहुलियत दरमा खाद्यन्न तथा तरकारी उपलब्द गराएको छ ।
वडा अध्यक्ष प्रविणकुमार राई(नरेन्द्र)को सकृयतामा कृषी बजार उपज केन्द्र धरान १३ वाट तरकारी खाद्यन्न ल्याएर वडा कार्यालय परिसरबाट वडावासीहरुलाई सहुलियत दरमा वितरण गरेको हो । निम्न आय भएका वडावासीहरुलाई निशुल्क खाद्यन्न वितरणसमेत गरिएको वडा अध्यक्ष राईले जानकारी दिए । विहानदेखि बेलुकासम्म वडा कार्यालय खोलेर सेवा दिदैं आएको राईले जानकारी दिए ।

राईले आफ्नो घरमा भाडामा बस्नेहरुलाई एक महिनाकाे भाडा नलिनेसमेत घोषणा गरेका छन् । उनको धरान–१८ रत्नचोक, इटहरी र काठमाडौंमा रहेको घरमा भाडामा बस्नेहरुको भाडा मिनाहा गरेका हुन ।
राईले वडामा छुट्टै कोषसमेत खडा गरेका छन् । आफ्नो व्यक्तिगत ५० हजार र ४ जना वडा सदस्यहरुको १०/१० हजारको कोष बनाएर वडावासीहरुलाई सहयोग गर्ने बताए । यस्तै वीपी प्रतिष्ठानमा विमारी लिएर टाडाबाट आएका विमारी कुरुवाहरुले होटअहरु बन्द भएका कारण खान नपाए पछि नियमित खाने बन्दोबस्तसमेत गरि दिएका छन् । माडवारी युवा समाजको समन्वयमा उनले खानाको व्यवस्थापन गरेका हुन । प्रतिष्ठानमा आउने विमारीका आफन्त होटलहरु बन्द भएका कारण खान पाइरहेका थिएनन् ।