धरान / विशवमा कोरोनाको महामारी फैलिरहेका बेला उक्त महामारी विरुद्ध लड्न आर्थिक जुटाउने अभियानमा धरानकी एक जेष्ठ नागरिक पनि सहभागी भएकीछन् ।
धरान–१५ आडालाइनकी ७६ बर्षीय जेष्ठ नागरिक प्रेमकुमारी सुवेदीले सरकारले सामाजिक सुरक्षा भत्ता बापत दिदैंआएको एक महिनाको भत्ता प्रदेश सरकारले बनाएको ‘कोरोना जनसुरक्षा कोष’मा जम्मा गर्ने घोषणा गरेकीछन् ।
उनले कोरोनाले बालबालिका, जेष्ठ नागरिकहरुलाई छिटो भेट्ने भएकाले उनीहरुको सुरक्षाका लागि राज्यलाई थप व्यवस्थापन गर्न केही सहयोग पुगोस भनेर आफुले पाउने सुविधा कोषमा जम्मा गर्ने निर्णय गरेको बताइन । ‘यो सानो सहयोगले मुलुकका हजारौं नागरिकहरु सुरक्षित हुन्छन् भन्ने ठानेर कोषमा जम्मा  गर्न लागेकी हु ।’–उनले भनिन–‘अरुले पनि यसरी सानो सानो सहयोग गरे यसको आकार ठूलो हुने छ । कोरोना विरुद्धको यो अभियानमा सबै लाग्नु मेरो अनुरोध पनि छ ।’ सुवेदी धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीकी सासु आमा हुन ।