काेराेना संक्रमित युवतीसँगै कतारबाट आउने उदयपुरका एक युवकलाई क्यारेन्टाइनमा राख्न वेवास्ता

alt
  • चैत्र ११, २०७६
  • ब्लाष्ट खबर

धरान / बेलका नगरपालिका–३ रातापानी गाउँ, प्रगती टोलका बिद्यानन्द चौधरी कतार एयरवेजको फ्लाइट नम्बर ५६० बाट  चैत ४ गते काठमाडौमा कोरोना संक्रमणको आशंकामा उपचार गराइरहेकी युवतीसँगै आएको पाइएको छ ।
तर उनी न होम क्यारेन्टाइनमा छन् न त कोरोना विशेष उपचार क्लिनिकमै गएका छन् ।  बेलका नगरपालिकाका मेयर दुर्गा थापाका अनुसार उनी उच्च ज्वरोले थलिएका छन् । घर परिवारमा बसेर काम गरिरहेका छन् ।
संक्रमणका आशंकामा उनको उपचार व्यवस्थापनका लागि मुख्यमन्त्रीका स्वकीय सचिव, आन्तरिक मामिला मन्त्रालय , स्वास्थ मन्त्रालय , वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा उदयपुरका प्रमुख जिल्ला अधिकारी सबैलाई जानकारी गराउदासमेत वजेवास्ता गरेको मेयर थापाले सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।
उनलाई संक्रमण भई गाउँभरी फैलिएमा कस्ले जिम्मेवार लिने भनेर उनले चिन्ता व्यक्त गरेका छन् ।
ती युवक आएको जहाजमा १९ वर्षकी युवती टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । उनी फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी थिइन् । तर आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको छ ।  उनीसँग जहाजमा आउने अन्य यात्रुको खोजी गरिने हिजो स्वास्थ्य मन्त्री भानुभक्त ढकालले बताएका थिए । सरकार कै व्यक्तिलाई जहाजमा आएका व्यक्ति पहिचान गरेर जानकारी गराउदा वेवास्ता गरेको मेयर थापाको भनाई छ ।

chy

उपमहानगरमा रहेको सबै ...

धरान / धरान उपमहानगरपालिकामा भएको सबै खाले बेरुजु ...

पेस्तोलसहित विप्लवका ...

विराटनगर / नेकपा विप्लव समुहका पूर्वी कमाण्डरको सैन्य ई ...

भारतीय हस्तक्षेपका क ...

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले भारतीय हस्त ...

सातौं नगरसभामा ६ वटा ...

धरान । धरान उपमहानगरपालिकाको सातौं नगरसभामा ६ वटा विषयग ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved