उर्लाबारी / उर्लाबारी नगरपालिकाले कोरोना भाइरसको संक्रमणबाट मुलुक बचाउन मंगलबारबाट घोषणा गरेका लकडाउनको अवधीमा प्रभावित हुने नगरका दैनिक ज्यालादारी मजदुरहरुलाई निशुल्क स्वस्थ्य परीक्षण तथा खाद्यन्न सामग्री वितरण गर्ने भएको छ ।

नेपाल सरकारले चैत्र ११ गते देखि १८ गते सम्म अति आवश्यक काम बाहेक घर बहिर हिड्डुलमा प्रतिवन्द लगाएका कारण नगर क्षेत्रका हजारौ श्रमिकहरु प्रभावित हुन थाले पछि उनीहरुलाई राहत सामग्री वितरण गरीने नगर प्रमुख खड्ग फागोले जानकारी दिएका छन् ।

श्रमिक मजदुरले नगरपालिकासँग राहत प्राप्त गर्नका लागि समन्धित वडा कार्यालयबाट आर्थिक अवस्था कमजोर र मदजुरी गरेर जिवीकोपार्जन संचालन गरेको सिफारिससहित संम्पर्क गरे तत्काल राहत स्वारुप एक हप्ता अवधीको लागि स्वस्थ्य सामग्री र खाद्यन्न उपलब्ध गराईने नगर प्रमुख फागोले बताए ।