देउराली । तीर्थयात्राका लागी भारत गएका १० तीर्थयात्रीहरुको सडक दुर्घटनामा मृत्यु भएपछि उनिहरुको शव नेपाल ल्याउने तयारी भएकाे छ । उनीहरूकाे शव एयरपाेर्टमा पुर्याइसकेकाे इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गाैतमले जानकारी दिइन् । 

३४ यात्रु रहेको बस दुर्घटना हुदा इटहरी १० का मात्रै ६ जनाको दुर्घटनामा मृत्यु भएपछि सिङ्गाे इटहरी शोकमा डुबे पछि दुर्घटनामा परेर ज्यान गुएका मृतकको घरमा पुगेर  उपमेयर  गौतमलाई परिवारले शव नेपाल ल्याइदीन आग्रह गरेका थिए । 

उपमेयर गौतमले उपमहानगरको तर्फवाट परराष्ट मन्त्रालयसँग आग्रह गरिएको जानकारी  गराउदै । भारतस्थित नेपाली दुतावासबाट एक जना प्रतिनिधि घटनास्थलतर्फ गइसकेको जानकारी परराष्ट मन्त्रालयले दिएको बताएकी थिइन् । 

दुर्घटनाको जानकारी पाएसंगै उनिहरुको आफन्त त्यहाँ पुगीसकेको जानकारी पाएको बताउदै उपमहानगरी उपमेयर गौतमले भनिन् ‘ म मृतक र घाइतेहरुका आफन्तलाई भट्न गएको थिए, घटना पछि आफन्तहरु घटना स्थलमा पुगीसक्नु भएको छ । हाम्रो कार्यपलिका बैठक र नगर बैठकले पनि दुर्घटनामा परी घाइते भएका अथवा मृतक को शव नेपाल ल्याउनु पर्छ भन्ने निर्याय गरेको थियाे, साेहीअनुसार ल्याउने अन्तिम तयारी भएकाे छ । ’

 तीर्थयात्री रहकाे उक्त बस सलेम—बैंगलोर राष्ट्रिय राजमार्गमा दुर्घटना भएकाे थियाे । दुर्घटनामा   ६ जनाको घटनास्थलमै मृत्यु भएको थियाे भने बकी अन्यकाे उपचारका क्रममा मृत्यु भएकाे थियाे ।