दुर्घटना रोक्न सेचतना र ट्याक्टरमा रिफ्लेक्टर

alt
  • माघ ११, २०७६
  • १२७ पटक पढिएको
  • अनिल श्रेष्ठ

विराटनगर /  पछिल्लो समय सवारी दुर्घटना बढन थालेपछि ट्राफिक प्रहरीले सवारी र्दुघटना न्यूनीकरण गर्न र ट्राफिक नियम उल्लंघन रोक्न प्रहरीले सक्रिया बढाएको छ ।
ट्राफिक प्रहरीले मोरङको विभिन्न स्थानमा सचेतना अभियानसँगै ट्राफिक नियम उल्लघंन रोक्न लागि परेको हो ।
ट्राफिक प्रहरी पोस्ट कर्सियाले सवारी चालकलाई आवश्यक प्रशिक्षण दिने, सम्झाई बुझाई गर्ने, दुर्घटनाग्रस्त क्षेत्रको पहिचान गरेर बोर्ड राख्ने, शैक्षिक संस्थामा विभिन्न खाले सचेतनामूलक कक्षाहरु सञ्चालन गर्ने, आम नागरिक एवं चालकलाई भेलाजम्मा पारेर ट्राफिक नियमका बारेमा जानकारी दिने, ट्याक्टरको पछाडि रातको समयमा टल्कने रिफ्लेक्टर राख्ने काम गरिरहेको छ ।
पोस्टका इन्चार्ज ट्राफिक प्रहरीका असई किशोर निरौलाले पछिल्लो समय सचेतनामूलक कार्यक्रम र ट्राफिक कारबाहीलाई तीव्र पारिएको जानकारी दिए । उनका अनुसार पछिल्लो समय विशेष गरेर ट्याक्टरका पछाडि रिफ्लेक्टर राख्ने कार्यलाई तीव्र पारिएको छ । ‘रातका समयमा नदेखिकाले ट्याक्टरमा अन्य सवारी साधन ठोक्किएर दुर्घटना बढी हुने गरेको पाइयो,’ निरौलाले भने, ‘त्यही भएर ट्याक्टरको पछाडि राति कुनै उज्यालो पर्नासाथ टल्कने रिफ्लेक्टर राख्ने अभियान थालिएको हो ।’
रिफ्लेक्टर टल्किने भएका कारण पछाडिबाट आउने सवारी साधनले राम्रोसँग देख्ने र ट्याक्टरमा ठोक्किएर सडक दुर्घटना हुन नपाउने उनको भनाइ छ । दैनिक तीन दर्जन बढी ट्याक्टरमा रिफ्लेक्टर राख्ने गरिएको छ । इँटा तथा कृषि उत्पादन ढुवानीका लागि रंगेली–विराटनगर सडक खण्ड अन्तर्गतको उक्त सडकमा बढी मात्रामा ट्याक्टर चल्ने गर्छन् ।
सवारी दुर्घटना रोक्नलाई चालक, पैदल यात्रु, विद्यार्थी तथा सर्वसाधारणलाई समेत भेला जम्मा पारेर आवश्यक प्रशिक्षण दिने र सचेतनामूलक कार्यक्रम गर्ने गरिएको जानकारी निरौलाले दिए । त्यस्तै पैदल यात्रुलाई बाटो काट्ने तरिका सिकाउँदै चालकलाई तीव्र गतिमा सवारी साधन सञ्चालन नगर्न सचेत गरिँदै आएको उनको भनाइ छ । नियम उल्लंघन गर्ने र सम्झाई बुझाई गर्दा पनि अटेर गर्ने सवारीका चालकलाई भने ट्राफिक नियम उल्लंघनको कसूरमा कारबाही गर्ने गरिएको असई निरौलाको भनाइ छ ।

गोर्खा वेल्फेयरद्वार ...

धरान/ ब्रिटीश गोर्खा सैनिकबाट तीन महिनामै नेपाल फर्काइए ...

नृत्यकारबाट निर्देशक ...

मोरङ, टाँडीका भूपेन्द्र तुम्बाहाङ्फे लिम्बू पछिल्लो समय ...

बालबालिकाको विकासमा ...

बालबालिकाको सिकाइका लागि खेल सबैभन्दा प्रभावकारी विधि ह ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved