धरान सुनसरी । धरानको विभिन्न सरकारी बिद्यालयहरुका विद्यार्थाेहरुले अहिले किरात सिरिजगा लिपीमा माततृभाषा लिम्बु भाषा लिपी निक्कै उत्साहितको साथ पढन थाल्लेका छन । अहिले धरानको बिभिन्न सरकारी स्कुलहरुमा लिपी भाषा लिम्बु कक्षा सञ्चालन भईरहेको छ ।

धरानको शहिद स्मृति माध्यमिक बिद्यालयमा शुरु भएको ७ दिने लिम्बु भाषा लिपीको प्रशिक्षणको उदघाटन वडा सदस्य रामकुमार थापामगरले किरात सिरिजङ्गगा लिपी लेख्दै उदघाटन गरेका थिए ।

लिम्बु भाषा लिपी प्रशिक्षण केन्द्रको आयोजना तथा धरान उपमहानगरपालिकको वडा कार्यलयहरुको आर्थिक सहयोगमा धरानको प्रत्येक वडाहरुको सरकारी बिद्यालयका बिद्यार्थाेहरुले उत्साहितका साथ लिम्बु भाषा लिपी पढीरहेका छन ।

लिम्बु जातिका बालबालिकाहरु मात्रै होइन गैर लिम्बुहरु बालबालिकाहरुले लिम्बु भाषा नै आफनो परिचय दिन सक्ने भएका छन । २ कक्षादेखि ६ कक्षासम्मको बिद्यार्थाेहरुले लिम्बु भाषा पढन थाल्लेको छ ।

धरानको विभिन्न बिद्यालयका बिद्यार्थाेहरुले सहज रुपमा भाषा लिपी सिकेको लिम्बु भाषाकको शिक्षक स्वार्णिमहाङ्ग फोम्बोले बताए ।लिम्बु बालबलिकाहरुले मात्रै होइन गैर लिम्बु बालबालिकाहरुले लिम्बु भाषा बोल्लेको देख्दा खुशी लाग्गेको धरान १५ का वडा अध्यक्ष नरेश इङ्गवारामले बताएका छन ।

आफनो जातिय भाषाको सबैले समरक्षण गर्ने आवश्यक रहेकोले सबैको ध्यान दिनु जरुरी रहेको बताए ।स्थानिय निकाय सरकारको निति अनुसार सबैको भाषा लिपीको समरक्षण र बिकाश गर्ने मुख्य उद्धेश्ये शुरु भएको लिम्बु भाषा लिपीको प्रशिक्षणको लागि धरान उपमहानगरपालिकाले वडा तहमा बजेट समेत विनीयोजन गरेको छ ।