भोजपुर / प्रदेश नम्वर १ का मुख्यमन्त्री शेरधन राईले जनप्रतिनिधीलाई बजेट दाया वाया गर्ने छुट नभएको बताएका छन् । नेपाल कम्यूनिष्ट पार्टी नेकपा भोजपुर नगर कमिटीले शनिबार जिल्ला सदरमुकाममा आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले जनप्रतिनिधीलाई विकास निर्माणका लागि छुटिएको बजेट दायावाया गर्ने छुट नभएको बताएका हुन् ।
भ्रष्टचारमा शुन्य सहनसिलताका लागि आफु कठोर बन्ने संंकेत गर्दै उनले दाया वाया गर्ने जो कोहीलाई कार्वाहीको दायरामा ल्याउने बताए । उनले भने–‘जनप्रतिनिधी होस वा कर्मचारी जो सुकैबाट विकास निर्माणका लागि आएको बजेट तलमाथी भएको भए तथ्य प्रमाणसहित पेस गर्नुहोस एक घण्टा भित्र कार्वाही हुन्छ , प्रदेश सरकारको यो अभियानमा प्रदेशवासीको सहयोग आवश्यक छ , हामी एकजुट भएर भ्रष्टचार मुतm प्रदेश बनाऔ ।’ मुख्यमन्त्री राईले हरेक स्थानिय तहमा भईरहेका विकास निर्माणका काममा जनताको निगरानी र प्रत्यक्ष सहभागितमा समेत जोड दिए । उनले बजेट आउदा ताली बजाएर मात्र विकास नहुने भन्दै विकासका लागि आएको बजेटबाट प्रभावकारी काम भए नभएको जनताले निगरानी गर्नु पर्ने बताए ।
प्रदेश १ हरेक क्षेत्रका लागि सम्भावना बोकेको प्रदेश भएको बताउदै उन्ले उपलब्ध श्रोत साधनलाई प्रयोग गर्दै विकाश र समृद्धीमा अब्बल प्रदेश बनाउने दावी गरे । समयको महत्वलाई बुझेर विकासमा लागि प्रत्येक सेकेण्ड खर्चनु पर्ने आवश्यकता औल्याउदै उनले जिम्मेवारी वोध गर्न समेत स्थानिय सरकारका जन प्रतिनिधीहरुलाई आग्रह गरे ।
कार्यक्रममा उनले प्रदेशमा भईरहेका विकाश निर्माणका कामलाई प्रभावकारी बनाउन अनुगमन समिति गठन गर्ने तयारी भईरहेको पनि जानकारी दिए । अनुगमन समिति गठन भए पछि कुनै पनि काममा ढिलासुस्ती र गडबढी भएको भेटिए तत्काल कार्वाही प्रकृया अगाढी बढाउन सहज हुने मुख्यमन्त्री राईले विश्वास व्यतm गरे । उनले आगामी आर्थिक बर्षमा प्रदेशका युवाहरुलाई उद्यम मार्फत रोजगारीसँंग जोडने पनि प्रतिवद्धता जनाए ।
हेलिकेप्टरबाट गृह जिल्ला पुगेका उन्ले प्रदेश १ मा जनताले चाहे जस्तो विकास गरेर छाड्ने प्रतिबद्धता जनाए । मुख्यमन्त्री राईले आगामी आर्थिक बर्षभित्र जिल्लाका सबै जनतासम्म विजुली बतिmको पहुच पुर्याउने लक्ष्यका साथ काम भैरहेको पनि बताए । मुन्धुम पद मार्गको विकासका लागि २ करोड बजेट छुट्याएको बताउदै उनले पर्यटन पर्वद्धनका लागि पनि तिब्र रुपमा काम भईरहेको उल्लेख गरे । कार्यक्रममा जिल्लाका विभिन्न रारजनितिक दलका प्रतिनिधी , संघ संस्था तथा नेकपा कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो ।