धनकुटा । नेकपा धनकुटाले वडा दशैं, शुभदिपवली, न्यूदयाँ भिन्तुना, छठ, मंसिरे चाड लगायत राष्ट्रिय पर्वहरुको अवसरमा शुक्रबार चियापन, शुभकामना आदन प्रदान तथा समुदायमा आधारित साँस्कृतिक नृत्य आयोजना गरिएको छ ।

नेकपा धनकुटाको जिल्ला इन्चार्ज एवं पुर्व सभासद हेमराज भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न चियान तथा शुभकामना आदन प्रदान कार्यक्रममा जिल्ला अध्यक्ष एवं संघिय संसदका सदस्य राजेन्द्र कुमार राईले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा सहभागी सम्पुर्ण अतिथिहरुलाई आयोजकको तर्फबाट सयपत्री फूलको माला लगाएर स्वागत गरिएको थियो ।

सो अवसरमा प्रदेश सांसद निरेन राई, इन्द्रमणी पराजुली, कुसुम श्रेष्ठ, लिला सुव्वा, विना देवी राई, पुर्व सांसद एवं राज्य मन्त्री धनमाय विक, संविधान सभा सदस्यहरु टिकाराम चेम्जोङ, हेमराज भण्डारी, जिल्ला स्तरिय विभिन्न पार्टीका नेताहरु, जिल्ला समन्वय समितिका प्रमुख टंक चुहान, जिल्लाको सातै स्थानिय तहका प्रमुख एवं उप–प्रमुखहरु, प्रजिअ डा.कृष्णवहादुर घिमिरे, सुरक्षा निकायका प्रमुखहरु, सरकारी कार्यायका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

सो अवसरमा वहुमुखी पाठशाला धनकुटाले विभिन्न समुदायको संस्कृतिमा आधारित साँस्कृतिक नृत्य समेत प्रश्तुत् गरेको थियो । कार्यक्रममा नेकपाको जिल्ला स्तरका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागीता रहेको थियो । कार्यक्रमको संचालन जिल्ला सचिव ऋषिराम ढुङ्गानाले गरेका थिए ।