धरान / धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित दन्तकाली मन्दिरमा यस बर्ष नौरथाको रौनक देखिएन । यहाँ घटस्थपनाको दिनदेखि ९ दिनसम्म शक्तिरुपी देवीको अलगअलग ९ रुपको पुजाआराधाना गरिन्छ । सतिदेविको दन्तपतन भएको यस पवित्र स्थलमा प्रथ्येक बर्ष लाग्ने नवरात्री मेला यस बर्ष भने रौनक हराएको स्थानीय बताउछन् ।
यहाँ विगतमा घटस्थापनादेखि ९ दिनसम्म युवायुवतीहरु मध्यराती नै दन्तकाली मन्दिर पुग्ने गथ्र्ये । नवरात्री भरि युवायुवतीहरुको विहान भीडभाड हुने गरेको थियो । विगयपुरबाट धरान बजार झर्ने सडकमा सवारी गुडाउन हम्मे हुने गरि भीड लाग्ने गरेको भए पछि यो बर्ष युवायुवतीहरु मन्दिर दर्शन गर्ने आउने संख्या ह्वातै घटेको धरान–१४ दुर्गा भुजेलले बताए ।

dantakali_temple1

‘विगतको जस्तो नौरथाको रौनक दन्तकाली मन्दिरमा छैन् । मानिसहरु आउनै छाडेका छन् । दर्शन गर्न फाट्टाफुटट् मात्र आउने गरेका छन् ।’–भुजेलले भने–‘पहिला पहिला त हामी दुई बजे नै मन्दिर पुग्थ्यौ । मानिसको खुट्टा हाल्ने ठाउँ हुदैंन थियो । नवरात्रको महत्वबारे पछिल्लो पुस्ता अनभिज्ञ भएका कारण रौनक घट्दें गएको स्थानीय समाजसेवी प्रेमप्रसाद पराजुली बताउछन् । नवरात्रीको विषयमा र दन्तकाली मन्दिरको विशेषता झल्किीने प्चार अभाव भएको उनको भनाई छ ।

dantakali_temple2


दशैको ९ दिनसम्म हरेक दिन शक्तिरुपी देविको ९ वटा अलगअलग रुपमा यहाँ पूजाआराधना हुने मन्दिरका पुजारी विश्वराज खनालले जानकारी दिए । उनको अनुसार नवरात्री पनि आजैदेखि शुरु भयो । घटस्थापनाको दिन मन्दिरमा घटस्थापना गरि जमरा छरिन्छ । नौ दिनसम्म अखण्ड दियो बालिएको हुन्छ । मन्दिरमा ९ दिनसम्म दन्तलकाली मन्दिरमा पुजारीबाहेक कोही पनि भित्र प्रवेश गर्न दिने चलन छैन् । पुजारीले हरेक दिन अलग अलग देवीको बिशेष पुजा आराधाना गर्ने काम हुनछ । बाहिरबाट भक्तजनले पूजा आरधाना गरेर फर्कन्छन् ।

dantakali_temple3


दन्तकालीमा वडा दशैंको पहिलो दिन घटस्थापनामा शैल पुत्रीकोरुपमा पुजा गरिन्छ । दोस्रो दिन ब्रह्मचरिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालपात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धदात्री देवीको पुजा आराधाना गरिन्छ । नौ दिन पछि पूजाको समापन गरिदैं आएको छ ।

dantakali_temple6


धरानको दृष्य हेर्न दन्तकालि मन्दिर
दन्तकालीको चर्चा रुद्राक्षारण्य महात्म्यले गरेको छ । तीन तहको छाना युक्त नेपाली तले शैलीमा निर्मित यो मन्दिरको छाना माथि धातुको आकर्षक गजुर राखिएको छ । दन्तकाली मन्दिरमा पुजनिय बस्तु दाँत आकारको पथ्थर हो, जसलाई स्वस्थानी ब्रत कथामा आधारित सतीदेवीको दाँत मानिन्छ, जहाँ सतीदेवीको दाँत पतन भएको इतिहास छ । यसै आधारमा यस मन्दिरलाई दन्तकाली मन्दिर भनिएको स्थानीय बुढापाकाहरु बताउछन् । दन्तकाली मन्दिर नजिकबाट धरानको दृष्य देख्न सकिन्छ ।

dantakali_temple5

यहाँबाट चारकोसे झाडी, इटहरी तथा तराईको सुन्दर फाँटको अवलोकन गर्न मिल्ने धरान उपमहानगरले जनाएको छ । उपाहानगरले गत बर्ष अघि दृष्यावलोकनका लागि न्यु पोइन्टसमेत बनाइ दिएको छ । दन्तकाली मन्दिरमा दशैको नौ रथा र प्रत्येक शनिवार भक्तालुहरुको ठूलो भीडभाड लाग्ने गर्दछ । माघ महिनामा हुने स्वास्थानी र तीजको बेला भीड हुन्छ ।

dantakali_temple4


यस्तो छ इतिहास
नेपाल एकिकरण पूर्व बिजयपुर राज्यका सेन वंशी राजाहरूको ईष्टदेवीको रूपमा शक्तिपीठ पुजिदैं आएको विजयपुरको इतिहास बुझेका प्राडा टंकप्रसाद न्यौपाने बताउनु हुन्छ । उहाँका अनुसार दन्तकालीको मन्दिर विस २०३५÷३६ सालसम्म सामान्य प्रकारको थियो हाल भने भब्य तले शैलीको मन्दिर बनाइएको छ । हालै यसको छानासमेत फेरेर नयाँ बनाएको छ ।
मन्दिरमा सतिदेवीका दाँतको प्रतिक स्वरूप एउटा कालो प्रस्तर राखी पूजाआजा गर्ने गरिएको छ । यो मन्दिरमा बोका, राँगा आदिको बली दिने चलन छ । यो मन्दिरको बारेमा स्वस्थानी ब्रत कथामा पनि उल्लेख भएको पाइन्छ ।

dantakali_temple1