यासोक/सेवा निवृत्त राष्टूसेवक पूर्व कर्मचारीले आफ्नो अधिकार सरकारले खोसेको प्रति चिन्ता व्यक्त गरेका छन् ।

शुक्रबार पाँचथरको कुम्मायक गाउँपालिका यासोकमा आयोजित कार्यक्रममा सरकारले दिदै आएको निवृत्तिभरण, सामाजिक सुरक्षा भत्ता कटैती गरेको प्रति आपत्ति जनाउँदै तत्काल निणर्य सच्याउँन माग गरेका हुन् । राज्यको लागि ठुलो योग्दान दिए पनि योग्दानको कदर नभएको सेवा निवृत्त राष्टूशेवक हक हित समाज कुम्मायकका सचिव इन्द्रबहादुर नेपालीले बताए । पुर्व कर्मचारीले राज्यबाट पाउँने सामाजिक सुरक्षाभत्ता सेवा निवृत्त जेष्ठ नागरिकलाई पनि दिनुपर्ने उनले बताए ।

२०७५ साल साउन महिना देखि नियुत्ती भएका निजामती संघ सस्थाका कर्मचारीहरुलाई कटैती गरिएका निवृत्तभरण अधिकार बहाल राख्न स्थानीय, प्रदेश र सङ्घीय सरकार समक्ष माग गरेका छन् । निवृत्तभरण, सामाजिक सुरक्षा भत्ता, पति वा पत्नीको मृत्यु पश्चात पति या पत्नीलाई पुरै पेन्सन उपलब्ध गराउँनु पर्ने र निजामती कर्मचारीको तलव बढ्दा सोही अनुपातमा पेन्सन बढ्नु पर्ने माग रहेको समाजका अध्यक्ष दुर्गा प्रसाद बम्जनले बताए ।