भद्रपुर/ पूर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता झलनाथ खनालले वर्तमान सरकार जति लोकप्रिय हुनु पर्ने हो सो नभएको टिप्पणी गरेका छन् ।
नेपाल जेसीज क्षेत्र क सम्मेलनको उद्घाटन गर्न झापा आएका नेता खनालले भद्रपुरमा यस्तो जनाएका हुन् । प्रेस सङ्गठन झापाले शुक्रबार बिहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता खनालले सरकारले संविधान कार्यान्वयन , सङ्घीयता ,मौलिक हक ,स्थानीय तहका कानून निर्माण तथा आर्थिक क्षेत्र लगायतमा काम गरेर आधारभूत बाटोमा हिँडिरहेपनि अन्य केही कामहरुमा सरकार विवादस्पद् देखिएको औँल्याएका थिए ।
एकिकरणका कारण एकवर्षसम्म पाटी निष्क्रिय रहेपनि पछिल्लो समय सिङ्गो पाटी एक भएका कारण सवै तहमा चहलपहल देखिएको उनले जनाए । अब तीन तहका सरकारलाइ अझ बढी सक्रिय बनाउन पाटी अगाडि बढिरहेको उनले सुनाए । आगामी बर्षहरुमा स्थानीय तहमा विकासको लहर बढेर जाने आश्वासन उनले दिएका थिए ।
सरकारमा गठन पुर्नर गठन भएपनि केपी ओलीको सरकार पाँचवर्षसम्म चल्ने र सरकारलाइ ओलीले नै नेतृत्व गर्ने उनको भनाइ थियो । पाटी एकिकरणको सिलसिलामा केही सहमति भएको भन्ने कुरा बाहिर आएपनि पाटीमा सो सहमति प्रवेश नभएका कारण थाहा नभएको उनले जनाए । सहमति औपचारिकतामा आएमा सम्मान गरिने उनको भनाइ थियो ।
पाटी एकिकरण नभएसम्म निर्वाचित जनप्रतिनिधिले आफनै तजबिजकामा काम गर्दा कतै राम्रो र नराम्रो देखिएपनि पाटीले मार्गदर्शन भने नदिएको उनको बुझाइ थियो । अब सवै तह तथा वडामा पाटीको गतिविधि बढेकोले योजना तथा अवधारणा निर्माण गरेर पाटीलाइ मार्गदर्शन दिने उनले बताए । वरियाताको क्रममा शिर्षनेताबिच कुनै असन्तुष्टी नरहेको उनले प्रष्ट पारे ।