जिरोपोइन्ट । नेपाल बार एशोसिएसन केन्द्रीय समितिले २८ औँ कानुन व्यवसायी महिला राष्ट्रिय सम्मेलन धरानमा गर्ने भएको छ ।
भदौ २० र २१ गते हुने राष्ट्रिय सम्मेलनको उद्घाटन प्रधानन्याधिश चोलेन्द्र समशेर जवराले गर्ने भएका छन् । सम्मेलनमा ८ वटा विषयमा कार्यपत्र प्रस्तुत गरिँदै छ । मानव अधिकार तथा लैङ्गिक न्यायको दृष्टिकोणबाट संबिधान कार्यान्वयनसंग सम्बन्धीत कानुनहरुको बिश्लेषणलगायत रहेका छन् ।
बुधबारको पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार मुलुकी देवानी संहितामा लैङ्गीक दृष्टीकोणबाट पारिवारीक कानुन बिश्लेषण, मुलुकी अपराध संहितामा महिला बिरुद्धको अपराध सन्दर्भ र कार्यान्वयनको चुनौती रहने छन् । त्यस्तै न्यायीक समितीको भुमिका अवसर र चुनौतीहरु, कानुन व्यवसायी महिलाको पेशागत अबस्था, अवसर र चुनौतीका बारेमा कार्यपत्र पेश हुँदै छ ।
धरान १५ स्थित किरात याक्थुम चुम्लुङ परिसामा कार्यक्रम हुने भएको हो । कार्यक्रममा कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री भानुभक्त ढकाल, सर्वोच्च अदालतका न्यायाधीश मिरामैयाँ खड्का, सपना प्रधान मल्ललगागतयको सहभागिता रहने बताइएको छ ।
तस्बिरः उपेन्द्र चाम्लिङ