विराटनगर । पोखरमल राठीको स्मृतिमा राठी परिवारबाट स्थापित ‘पोखरमल धर्मसंस्कृति पुरस्कार’ १ हजार ८ स्वामी अच्यूत प्रपन्नाचार्यलाई प्रदान गरिएको छ ।

१ लाख १ हजार पुरस्कार राशि रहेको उक्त पुरस्कार विराटनगर–१ स्थित राधाकृष्ण मन्दिरपरिसरमा शुक्रबार एक भव्य समारोहका बीच स्वामी अच्यूत प्रपन्नाचार्यलाई प्रदान गरिएको हो । धर्म संस्कृति पुरस्कार प्रदेश १ का प्रदेश प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङले स्वामी अच्यूत प्रपन्नाचार्यलाई प्रदान गरेका थिए । सम्मानित स्वामी विराटनगरस्थित लक्ष्मीनारायण मन्दिरका पीठाधीश हुन् भने लक्ष्मीनारायण वेद विद्याश्रमका संरक्षक हुन् ।

विराटनगर–३ निवासी समाजसेवी उद्योगी पोकरमल राठीको स्मृतिमा उनका छोराहरू गङ्गाविशन राठी, अनन्तराम राठी, चम्पलाल राठी, सोहनलाल राठी र हंसराज राठीले स्थापना गरेका हुन् । ०६४ सालदेखि प्रदान गर्न थालिएको पुरस्कार अहिलेसम्म गायत्रीप्रसाद न्यौपाने, श्रीराम बाबा मारण्डी, मार्कण्डेय आचार्य, बालसन्त मोहनशरण देवाचार्य, रामप्रसाद ठाकुर, आचार्य खेमराज केशवशरण, मुकुन्दशरण उपाध्यायलगायतलाई प्रदान गरिएको छ ।