धरान/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ७७ जिल्ला र ६ वटा महानगरपालिकाका इञ्चार्ज र सह–इञ्चार्जको टुङ्गो लगाएको छ ।
बालुवाटारमा आइतबार बसेको सचिवालय बैठकमा ७७ जिल्ला र ६ महानगरको मात्र इञ्चार्ज र सह–इञ्चार्जको टुङ्गो लगाइएको हो ।
नेकपाले महानगरलाई पनि जिल्लासरह मानेर ८३ जिल्ला सङ्गठन कायम गरेको छ । सचिवालयले टुङ्ग्याएको जिल्ला इञ्चार्ज र सह– इञ्चार्जसम्बन्धी निर्णय स्थायी समिति र केन्द्रीय समितिमा पेश गरिनेछ । विभाग, आयोग, केन्द्रीय निकाय र प्रवास समितिको नेतृत्व भने अभैm टुङ्गो लाग्न सकेको छैन ।
नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच असार ३१ गते भएको सहमतिअनुसार इञ्चार्ज, सह–इञ्चार्जको टुङ्गो लगाइएको हो । विभाग, आयोग, केन्द्रीय निकाय र प्रवास समितिको नेतृत्वबारे ७ साउनमा बस्ने सचिवालय बैठकले निर्णय गर्ने बताइएको छ ।
नेकपाले एक नम्बर प्रदेश अन्तर्गत ताप्लेजुङ इञ्चार्जमा भाष्कर काफ्ले, पाँचथर इञ्चार्जमा इन्द्रबहादुर आङ्बोे, सह–इञ्चार्जहरू अइन्द्रसुन्दर नेम्वाङ, डम्बरसिंह सम्बाहाम्फे, इलाम इञ्चार्ज धीरेन्द्र शर्मा, झापा इञ्चार्ज रविन कोइराला, सह–इञ्चार्जमा देवेन्द्र दाहाल, धर्मशीला चापागाईं र हरिबहादुर राजवंशी तोकिएका छन् ।
त्यस्तै मोरङ इञ्चार्जमा घनेन्द्र बस्नेत, सह–इञ्चार्जमा गोपीबहादुर सार्की अछामी, देउमान सम्बाहाम्फे र महेश रेग्मी, सुनसरी इञ्चार्जमा धर्मराज निरौला, सह–इञ्चार्जमा एकचन्द्र बराल, जगदीश कुशियत, तैयव हुसेन मियाँ, मोहम्मद महफुज अन्सारी र रामकुमारी चौधरी, धनकुटा इञ्चार्जमा हेमराज भण्डारी तोकिएका छन् भने तेह्रथुम इञ्चार्जमा जयन्ती राई, सह–इञ्चार्जमा दुर्गाप्रसाद चापागाईं र विजय सुब्बा, सङ्खुवासभा इञ्चार्ज राजेन्द्रकुमार राई, सह–इञ्चार्ज राजेन्द्र कार्की, भोजपुर इञ्चार्ज सुदन राई किराती, सह–इञ्चार्जमा हरिबहादुर राई, खोटाङ इञ्चार्ज विशाल भट्टराई, सह–इञ्चार्ज दुर्गाजयन्ती राई, राजन राई, रामकुमार राई, समिता कार्की तोकिएका छन् ।
त्यस्तै सोलुखुम्बु इञ्चार्ज शिवबहादुर बस्नेत, सह–इञ्चार्ज हेमकुमार राई, ओखलढुङ्गा इञ्चार्ज यज्ञराज सुनुवार, उदयपुर इञ्चार्जमा बलदेव चौधरी, सह–इञ्चार्ज मञ्जुकुमारी चौधरी र विराटनगर महानगरपालिका इञ्चार्जमा शिवकुमार मण्डल तोकिएका छन् ।
प्रदेश २ अन्तर्गत सप्तरी इञ्चार्जमा रामप्रित पासवान, सिरहा इञ्चार्जमा लीलानाथ श्रेष्ठ, सह–इञ्चार्ज अजयशङ्कर नायक, गङ्गाप्रसाद यादव, जगतप्रसाद यादव, धर्मनाथ यादव, महेन्द्र पासवान, रामकुमार यादव, रामरतिदेवी राम, रामचन्द्र यादव, सीता पोख्रेल र हरिनारायण चौधरी तोकिएका छन् ।
धनुषा इञ्चार्ज जोगकुमार ब्रविया यादव सह–इञ्चार्ज जुलीकुमारी महतो, महादेव यादव, योगनारायण यादव, यदुवंश झा, रत्नेश्वर गोइत यादव, बोधमाया कुमारी यादव, सुधीर साह, शत्रुघ्न महतो र हरिनारायण महतो तोकिएका छन् ।
त्यस्तै महोत्तरी इञ्चार्ज राजु खड्का, सह–इञ्चार्ज प्रकाशहरि पोख्रेल, टेकबहादुर बलम्पाकी, भरतप्रसाद साह, रामकुमार शर्मा, रामदयाल मण्डल, सरोज यादव तोकिएका छन् भने सर्लाही इञ्चार्ज डाचाराज वाग्ले, सह–इञ्चार्ज अच्यूतम काफ्ले, कमलादेवी महतो, रविन्द्र बैठा धोवी, लक्ष्मण पौडेल, रौतहट इञ्चार्ज युवराज भट्टराई, सह–इञ्चार्ज कल्याणीकुमारी खड्का, सरलाकुमारी यादव, बारा इञ्चार्ज बलवीरप्रसाद चौधरी, सह–इञ्चार्ज गोपाल ठाकुर, ज्वालाकुमारी साह, पर्सा इञ्चार्ज नागेन्द्र चौधरी, सह–इञ्चार्ज रामचन्द्र साह तेली र वीरगञ्ज महानगरपालिका इञ्चार्जमा दिनेश राई तोकिएका छन् ।