देउराली । ललितकला अन्तरर्गतका विभिन्न विधाहरुको विकास , प्रर्वधन तथा संरक्षणका लागी भन्दै प्रदेश एक सरकारको सामाजिक विकास मन्त्रालयले ललितकलाका सम्वद्ध व्यक्तीहरुको सुझाव संकलन गर्न गठित कार्यदलले सोमबार प्रतिबेदन बुझएको छ ।

प्रदेश १ का १४ वटै जिल्लाका ललितकलाका सम्पूर्ण विधामा आवद्ध भएका प्रतिनिधि कलाकारहरुबाट सुझाव संकलन गरी कार्यदलले सोमबार प्रतिबेदन बुझाएको हो ।

प्रतिबेदनमा प्रदेश १ मा ललितकलाका विभिन्न विधाहरुका छुट्टाछ्टै प्रज्ञा प्रतिष्ठान वा विधासंग सम्वन्धीत संरचना बन्नेगरी कानुन निमार्ण गरीनु पर्ने कुरा सुझाएका छन् । कलाकारहरुको विकाश वृद्धीकालागी औपचारीक शिक्षको व्यावस्था गरीनु पर्ने, प्रत्येक जिल्लामा प्रर्दशन गर्नका लागि प्रर्दशन हल, नाट्य गृह, कला संग्राहलयको स्थापना गर्नाका साथै राष्ट्रिय अन्तराष्ट्रिय स्तरका, कार्यशाला, गोष्ठी, अन्तकृया जस्ता कार्यक्रम गरिनु पर्ने जस्ता  सुझाव  दिइएकाे छ । संकलीत करिव १०० पेजको प्रतिवेदन सामाजिक विकास मन्त्री, जीवन घिमिरेलाई बुझाएकाे कलाकार तीर्थ निराैलाले जानकारी दिए । 

जेठ २१ गते गठित कार्यदलले धरान र दमकमा विभिन्न जिल्लाका ललितकलाका सम्वद्ध प्रतिनिधिहरुलाई भेलागरी सुझाव संकलन गरेका थिए ।

कार्यदल संयोजकको रुपमा वरिष्ठ नृत्यकलाकार माया पौडोलका साथै सदस्यहरुमा बरिष्ठ चित्रकार तीर्थ निरौला , कलाकर निवास पोख्रेल, नाट्य कर्मी भरत गुरगाईं, साहित्कार मध् पोख्रोल, संगितकार मुक्ती शर्मालगायतका सदस्यहरु रहेका थिए ।