धरान/ सङ्घीय लिम्बुवान सामाजिक मञ्च (सलिसाम) कतारको तेस्रो राष्ट्रिय महाधिवेशनले रेखा राईको अध्यक्षतामा ५१ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।
कतारको दोहामा सम्पन्न महाधिवेशनले समितिको वरिष्ठ उपाध्यक्ष डम्बर लिवाङ मिसेक, उपाध्यक्षहरूमा सागर तुम्बाहाङ्फे, तेजबहादुर थेवे, नेत्र केरुङ, लोकबहादुर कुरुम्बाङ चयन भए । महासचिव नगेन पाक्सावाँ, उप–महासचिवद्वय देवीप्रसाद आङ्देम्बे, सुजन पराहाङ लिम्बू, सचिवमा होम खेसेहाङ फियाक, अर्थसचिवमा कुमारसिं योङ्हाङ, सह–अर्थसचिव महेश राई रहेका छन् ।
यसैगरी सदस्यहरू विनिता राई, ललित सन्यक्पा लिम्बू, मेघराज इजम, खगेन्द्र नेम्बाङ, अमृत कुरुम्बाङ, भूमिराज योङ्हाङ लिम्बू, संयोज योङ्हाङ लिम्बू, मोहन याक्केक योङ्हाङ, श्रीहाङ जबेगु लिम्बू, बुद्ध लक्सम्बा, अमिर लावती लिम्बू, मिथुनप्रसाद लिम्बू, सुनिता चेम्जोङ, मञ्जु सावाँ, सुजता लावती, मौसम लिङ्दम, हर्क खजुम, दीपेन चेम्जोङ, रूपा लिम्बू चेम्जोङ, रीताकुमारी आङदेम्बे, राज रुचाल, विष्णु ताम्लिङ, देउप्रसाद आङ्देम्बे, यामबहादुर काङ्बा, मोहन केदेम, भीम पराहाङ, रुद्रप्रसाद तामाङ, रविन कुरुम्बाङ, तुलसी मिभक, रूपा चेम्जोङ ‘बी’, सुजता लावती, डिकलाल लिम्बू, रविन विश्वकर्मा, देउबहादुर सम्बाहाङ्फे, प्रकाश हाङ्गाम, हेम लिबाङ, मिलनबहादुर। तुम्सा, रणबहादुर लिबाङ, विशाल लिम्बू, मोहन केदेम र नवीन धामी रहेका छन् ।
यसक्रममा कलाकार, खेलाडीहरूलाई सम्मानित गरिएको छ । लिम्बुवान मञ्च नेपालका अध्यक्ष कुमार लिङ्देन मिराकको प्रमुख उपस्थितिमा भएको महाविधेशनमा गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्य विमल सुवेदी, राष्ट्रिय समन्वय परिषद् कतारका प्रथम उपाध्यक्ष तेज कटुवाल, सलिसाम कतारका सल्लाहकारहरू देवी थेगुवा, मङ्गलसिं वनेमलगायतको उपस्थिति रहेको थियो ।