गाईघाट / उदयपुरको चौदण्डीगढी नगरपालिकामा वडा अध्यक्षहरूले ‘नीति, बजेट तथा कार्यक्रम’ पत्र घोषणासभामै च्याति दिएका छन् । चौदण्डीगढी नगरपालिकाको आर्थिक बर्ष २०७६र०७७ को लागि नगरपालिकाकाले घोषणा गरेको नीति तथा कार्यक्रममा नगर प्रमुख खगेन्द्र राईले एकलौटी ढंगले ल्याएको भन्दैं वडा अध्यक्षले च्यातेका हन् । प्मुख प्रशासकीय अधिकृत शिवप्रसाद हुँमेगाईंका अनुसार ‘नगर सभामा नेकपा आवद्ध वडा अध्यक्षलगायतका जनप्रतिनिधिले मनोमानी रुपमा मेयरले बहुमतको दम्भ देखाएर नीति, बजेट तथा कार्यक्रम ल्याएको भन्दै विरोध जनाउँदै च्यातेको बताए ।
घोषणासभामा नगर उपप्रमुख रीताकुमारी चौधरीले नीति, बजेट तथा कार्यक्रम पढेर सुनाए पछि नेकपा सम्बद्ध जनप्रतिनिधिले विरोध जनाउँदै रोष्टमा गएर विरोध गरेका थिए। विरोध पछि नीति, बजेट तथा कार्यक्रमको कागज च्यातेर बाहिरिएका थिए ।
नगर प्रमुख राईले आफू अनुकूल बजेट विनियोजन गरेको र बहुमतको दम्भ देखाउँदै मनोपानी गरेकोले नीति, बजेट तथा कार्यक्रम च्यात्नु परेको चौदण्डीगढी नगरपालिका ५ का वडा अध्यक्ष देवनारायण चौधरीले जानकारी दिए । नीति तथा कार्यक्रममा जनताको माग सम्बोधन नभएकाले च्यातिएको उनले बताए ।
नगरसभामा पेश गरिएको कुल ६३ करोड २४ लाख रुपैयाँ बजेटमा नगरप्रमुख र उपप्रमुखले आफू अनुकूलका वडा र योजनामा मात्र बजेट विनियोजन गरेको वडा अध्यक्ष प्रकाश राउतले अाराेप लगाए । यता नगरपंमुख राइृले भने सहमित मै बजेट ल्याएकाे बताए । अराजक गितविधि गर्नेलाई वडाकाे बजेट सिलिङ नदिने धम्जकी दिए । यस नगरपालिकामा नेपाली काङग्रेसकाे बहुमत रहेका छ ।