धरान / एकीकरण पछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सुनसरीका १२ वटै स्थानीय तहमा भागबण्डा मिलेको छ ।
७ स्थानीय तहमा पूर्व एमाले र ५ स्थानीय तहमा पूर्व माओवादी केन्द्रलाई अध्यक्ष सचिव हुने गरि मिलाईएको छ । धरान उपमहानगरमा साविक एमालेका अध्यक्ष नारायण सुवेदीलाई अध्यक्षको जिम्मेवारी दिइएको छ । सचिवमा माओवादी केन्द्रका सुदर्शन श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।
यस्तै इटहरी उपमहानगरमा अध्यक्षमा पूर्व माओवादी केन्द्रबाट बहादुरसिं तामाङ र सचिवमा पूर्व एमालेबाट काशिनाथ दंगालले जिम्मेवारी पाएका छन् । बराहक्षेत्र नगरपालिकामा अध्यक्षमा कमल कटुवाल र सचिवमा गजेन्द्र थापा छन । कटवाल माओवादी केन्द्रबाट र थापा एमाले बाट छानिएका हुन ।
रामधुनी नगरपालिकामा एमाले राम कोइराला सचिवमा एमालेबाट माओवादीबाट उत्तम पौडेल, इनरुवा नगरपालिकामा एमालेबाटबाट तिर्थ अधिकारी, सचिवमा माओवादीबाट तोया गिरी छानिए । यस्तै दुहवी नगरपालिकामा एमालेबाट खड्ग नारायण उराँव, सचिवमा माओवादीबाट रहीम आलम छानिए ।
बर्जु गाउँपालिकमा एमालेबाट केन्द्रको दिल कुमार गुरुङ, माओवादी केन्द्रबाट गजेन्द्र चौधरी,, हरिनगरामा एमालेबाट पारस शाह र सचिवमा माओवादी केन्द्रबाट मोहन यादव र कोशी गाउपालिकमा एमालेबाट ब्रम्हदेव यादव अध्यक्ष र सचिवमा माओवादीबाट एके मण्डल छानिएका छन् ।
गढी, देवानगंज र भोक्राहानरसींह गाउँपालिकामा क्रमशःमाओवादी केन्द्रबाट खगेन्द्र चौधरी, भिमनन्दन शर्मा र हेमनारायण मण्डलले नेतृत्व पाएका छन् । सचिवमा पूर्व एमालेबाट क्रमश प्रभाकर माझी, मानोज कुमार मण्डल र रामकुमार मेहताले जिम्मेवारी पाएका छन् । जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले नाम तय गरेको हो । आधिकारीक घोषणा हुन भने वाँकी रहेको धरान उपमहानगरपालिकाका अध्यक्ष नारायण सुवेदीले जानकारी दिए ।