रङ्गेली । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्रि ईन्द्र आङबोले प्रदेश सरकारले घाटी हेरे बजेटको आकार निर्माण गरेको बताएका छन् ।
बिहिबारको प्रदेश सभा बैठकमा बोल्दै मन्त्रि आङबोले ऋणलिएर बजेटको आकार नबढाएर आफ्नो गक्ष अनुसारको बनाएको बताए । आन्तरिक राजस्वको १० प्रतिसत र कुल जिडिपिको ५ प्रतिसत आन्तरीक ऋण लिन सक्ने भएनि सरकारले नलिएको उनले बताए ।
‘ संघिय सरकार पनि ठूलो मात्र ऋण दिने पक्षमा नरहेको त्यता तिर नलागीएको हो ।’ उनले भने ‘ बजेटको आकार सन्तुलित छ ।’
मन्त्रि आङबोले आर्थिक मामिला तथा योजना मन्त्रालय बजेट कार्यान्वयन गर्ने निकाय नभएको जानकारी गराए । उनले बजेटमा बहुवर्षीय योजनालाई पहिलो प्रथमिकतामा राखिएको बताए । त्यसैगरी क्रमागत योजना, डिपिआर तयार भएका योजना र तत्कालीन आवश्यकताका योजनालाई प्राथमिकताको साथ राखिएको बताए ।
प्रदेशका सांसदले माग गरेको आयोजनालाई नै आधार बनाएर बजेट तयार परिको उनको जिकिर थियो । त्यसैगरी सरकारका मन्त्रालय,डिभिजन कार्यालय र स्थानिय तहले गर्न नसक्ने भनेका आयोजना बजेटमा समेटिएको उनले बताए । उनले क्षेत्राधिकार भन्दा बाहिर गएर बजेट कार्यान्वयन नहुने बताए ।
उनले स्थनिय तह परिपक्व नहुदाबजेट निकासा हुन नसकेको बताए । स्थानिय तहलाई मापदण्ड पुरा गरेर आफ्नो रकम लैजान पटक पटक भन्नु परेको उनले बताए । ‘दुइ हरफ मात्र प्रगति विवरण पेस गरे पनि हामीले निकासी दिने गरेका छौ ।’ उनले भने ‘तपाईहरुले नै बनाएको कानुन हो पलना गर्नु पर्यो ।
मन्त्रि आङबोले चलुअवस्थामा रहेको योजना बजेटमा छुटेको कुरा तर्फ सरकारको ध्यान आकर्षण भएको बताए । ‘ ठेक्का लोगेको आयोजना समेत छुटेको छ।’ उनले भने ‘त्यसलाई कसरी समेटन सकिन्छ छलफल भइरहेको छ ।’
उनले कतिपय आयोजनामा सानो रकम छुट्याएको भए पनि काम आगाडी बढेन बताए । आयोना निर्माण पुर्व सम्भाव्यता अध्ययन ,विस्तृत अध्ययन पछि मात्र निर्माणको काम हुने जानकारी गराएका थिए । उनले त्यहि अध्ययनको लागी सानो रकम विनियोजना गरिएको बताए ।
उनले बजेट निर्माणमा राजनैतिक प्रभाव, कर्मचारीको स्वर्थ रहेन कुरालाई स्विकार गरेका छन् । बजेट निर्माणमा प्रभाव रहने भन्दै उनले बजेट अर्थराजनितक हुने भएकोले त्यसको जिम्मेवारी नेतृत्व तहले लिनु पर्ने बताए ।
त्यसैगरी बैठकको शुन्य समयमा सांसद कुलप्रसाद सावा,केदार कार्की,प्रतापप्रकाश हाङगामले बोलेका थिए ।