रङ्गेली । प्रदेश १ का आन्तरीक मामिला तथा कानुन मन्त्रि हिक्मत कार्कीले शान्ति सुरक्षा कायम गर्न देशको वर्तमान अवस्थामा प्रदेश १ अगाडी रहेको बताएका छन् ।
बुधबारको प्रदेश सभा बैठकमा सांसदहरुको जवाफ दिने क्रममा उनले अहिले सम्म भएका घटनामा प्रदेश सरकारले ९५ प्रतिशत घटना टुङ्गो लगाइ सकेको बताए । उनले अपराधी पत्ता लगाउने र कारवाही गर्ने काम भएको बताए ।
अनुसन्धानमा पनि अन्तिम अवस्थामा रहेको उनको जिकिर थियो । उनले विकृति मानसिकताका घटना विकसित मुलुकमा पनि हुने गरेको बताए ।
उनले प्रदेश प्रहरी ऐनको सबै तयारी भए पनि संघियको नआएकोले पर्खनु परेको बताए । प्रदेशको सीमा सुरक्षाको लागी ४१ वटा बोर्डर आउटपोष्ट (बिओपी) निर्माण गर्ने जानकारी दिए । प्रदेश १ मा अहिले १७ वटा विओपि रहेकोमा प्रत्येकको दुरी २१ किलोमिटर रहेको उनले जानकारी दिए ।
जसमा एक आर्का विचमा समन्वयसमेत हुन गरि बनाइएकाे छ । झापा, मोरङ र सुनसरीमा विओपिको दुरी ७ किलोमिटर रहेने उनले बताए । पहाडी र हिमाली जिल्लामा भने बढी हुन सक्ने उनले बताए । त्यसै गरी प्रदेश प्रहरी कार्यालयसहित ५१ वटा भवन निर्माणको लागी ४९ करोड विनियोजना गरेको बताए ।
त्यसैगरी मुख्यमन्त्री अत्यावश्यक सेवा १४ वटै जिल्लामा संचालन गरिने भएको छ । जहाँ १ प्रहरी भ्यान,एक दमकल र एक एम्बुलेन्स रहेने उनले जानकारी दिए । प्रदेश १ का सबै स्थानिय तहलाई एक एक एम्बुलेन उपलब्ध गराउने जानकारी दिए । यसै आर्थिक वर्षबाट सगरमाथा टिन्स क्लब पनि संचालनमा ल्याउने बताए ।
यस अघि विनियोजना विधयेकमा आन्तरिक मामिला मन्त्रालयसँग सम्बन्धित शिर्षक माथिको छलफलमा सांसद कुलप्रसाद साम्बा,श्रीप्रसाद मैनाली,जयराम यादव,प्रताप प्रकाश हाङ्गाम र शिवनारायण गनगाइले आफ्नो धारणा प्रस्तुत गरेका थिए । शुन्य समयमा नवोदिता चौधरीले बोलेकी थिइन ।