Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राजनीति
  • गोर्खा सैनिकद्वारा समान सुविधाको माग

गोर्खा सैनिकद्वारा समान सुविधाको माग

alt
  • असार १६, २०७६
  • ब्लाष्ट खबर
 
काठमाडाैं / भूतपूर्व ब्रिटिस गोर्खा सेनाले बेलायती सेनासरह बेलायतमा काम गरेबापतको समान सेवा र सुविधाको पहल गरिदिन नेपाल सरकारसँग माग गरेका छन् । भूतपूर्व ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समिति नेपालले आज पत्रकार सम्मेलनको आयोजना गरी उक्त कुराको जानकारी गराएको हो ।
सो समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले सन् १९९७ पछि बेलायत सेनामा भर्ती हुने नेपाली नागरिकले नेपालको नागरिकता रद्द गरी बेलायतको नागरिकता लिनुपर्ने बाध्यता रहेकाले दुवै देशको नागरिकता पाउनुपर्ने माग गरे । “सन् १९४७ मा नेपाल, बेलायत र भारतबीच भएको त्रिपक्षीय सन्धिअनुसार हामी गोर्खाली कामका लागि बेलायती सेनामा भर्ती हुन गएका हाै”, राईले भने, “सरकारले हामीलाई सेवापश्चात् आफ्नै देशमा बस्ने वातावरण मिलाइदिनुपर्छ ।” समितिका प्रवक्ता क्यापटेन हिमाल राईले विगतमा भूपू सेनाले बेलायतमा गएर गरेका योगदान, त्याग र कष्टका बारेमा चर्चा तथा परिचर्चा गरे । उनका अनुसार समितिले नेपाल सरकारसँग आग्रह गरेर १ जुलाईभित्र सबै मागका बारेमा पहल गरिदिन आग्रह गरेको थियो ।
बेलायत भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती समकक्षी थेरेसा मेसँग सन् १९४७ मा भएको त्रिपक्षीय सन्धिका विषयमा कुरा उठाएर भूपू गोर्खा सेनाका मुद्दालाई समयसापेक्ष बनाउन अनुरोध गरेकामा सङ्घर्ष समितिले खुशी व्यक्त गरेको राईले बताए  समितिका महासचिव एसबी घिसिङले आउँदो सेप्टेम्बरसम्ममा नेपाल सरकारले माग पूरा गरिदिने पहल नगरे पुनः आन्दोलन गर्ने जानकारी दिए । उनले भने, “७२ वर्षअघि देखि ब्रिटिस सरकारले गोर्खा सेनालार्ई दमन, शोषण, अन्याय, तलब, भत्ता र निवृत्तिभरणमा मनोमानी गर्दै आएको छ ।” समितिका सचिव पुष्पा राना घलेका अनुसार करीब १५ हजार गोर्खा सेना र उनीहरुका परिवार अन्यायमा परेका छन् । विगत २०४ वर्षअघि देखि नेपाल र बेलायत सेनामा भएको असमानतालाई हटाउन दुवै पक्षका सरकारले प्राविधिक टोली खटाएर प्रतिवेदन तयार गरिसकेका बताइएको छ । गोर्खा सेनाको २०५४ सालदेखिको तथ्याङ्क हेर्दा ४० हजार गोर्खा सेनाले बेलायत सरकारबाट निवृत्तिभरण पाउन सकेका छैनन् । यसैगरी ३० हजार सेनाका पत्नीले सेवासुविधा नपाएका कार्यक्रममा जानकारी दिइएको थियो ।
सम्बन्धित समाचार
दुव्र्यसनबाट बचाउन सीमाका विद्यालयमा एपीएफको कक्षा

इनरुवा । सीमा क्षेत्रका बालबालिकालाई दुव्र्यसनबाट जोगाउँदै जिम्मेवार नागरिक ...

जिल्ला फुटबलको उपाधि ज्वालामुखी र प्रभातलाई

धरान । सुनसरी जिल्ला फुटबल सङ्घको आयोजनामा आइतबार सम्पन्न फाइनलमा छात्रातर् ...

बाल सुधार गृहमा आतङ्क मच्चाउने ६० जनालाई सारिँदै

विराटनगर । पटक–पटक झडप र आतङ्क मच्चाउने, समूह बनाएर भाग्ने र सुधार गृहको वा ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
दुव्र्यसनबाट बचाउन सीमाका विद्यालयमा एपीएफको कक्षा
जिल्ला फुटबलको उपाधि ज्वालामुखी र प्रभातलाई
बाल सुधार गृहमा आतङ्क मच्चाउने ६० जनालाई सारिँदै
एजेन्टकै मिलेमतोमा साढे ६ लाख राजस्व छली
कुटपिटबाट मृत्युपछि सञ्चालकसहित नौ पक्राउ
इटहरीमा ‘नामी भिगो’ कार सार्वजनिक
कटहरी रेलमार्गमा नयाँ आशा
आजको राशिफलः २०८२ साल कात्तिक २४ गते सोमबार
कटहरीमा रेलमार्गको अन्तिम स्टेशन निर्माणले गति लियो
२५७ केजी गाँजा बरामद
पूर्वमन्त्री अफताव आलमको निधन
आजको राशिफलः २०८२ साल कात्तिक २३ गते आइतबार
बिदा स्वीकृत नभएका बीपीका शिक्षकहरू धमाधम बर्खास्त
६ वर्षमा २७ प्रतिशत काम
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved