धनकुटा / मदन भण्डारी फाउण्डेशन धनकुटाले अनाथ वालवालिकालाई फलफूल तथा डिक्स्नरी वितरणसँगै एवं एवोकाडोको वृक्ष रोपेर स्व.मदन भण्डारीको ६८ औ जन्मजयन्ती मनाएको छ ।
मदनभण्डारी फाउण्डेशन धनकुटाले धनपा–४ मा रहेको मदन आश्रित वालकेन्द्रमा रहि अध्ययन गर्दै गरेका १३ जना विद्यार्र्थीलाई डिक्स्नरी र फलफुल वितरण गरेको हो । फाउण्डेशनका अध्यक्ष निरेन तितुङ तामाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको वीच विद्यार्थीहरुलाई ती सामाग्री वितरण गर्दै फाउण्डेशनका केन्द्रिय सदस्य तथा पूर्व संसद गोपाल गुरागाईले मदन भण्डारीको जीवनी प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रदेश नं १ का सांसदहरु ईन्द्रमणी पराजुली, निरन राई, नेकपाका जिल्ला सचिव ऋषीराम ढुङ्गाना, धनकुटा नगरपालिकाका उप–प्रमुख सकुन्तला वस्नेत, महालक्ष्मी नगरपालिकाका उपमेयर मञ्जु अधिकारी र उद्योग वाणीज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरे लगायतले मदन भण्डारीको तस्विरमा माल्यार्पण गरेका थिए ।
माल्यापर्ण पछि धनकुटा वहुमुखी क्याम्पसको क्याम्पस हाता भित्र एवोकाडोको १ सय ५० वोट विरुवा रोपीएको मदनभण्डारी फाउण्डेशन धनकुटाका अध्यक्ष निरेन तितुङ तामाङले वताए । कार्यक्रमको सञ्चालन फाउण्डेशनका धनकुटा सचिव तथा क्याम्पस प्रमुख होम वहादुर वस्नेतले गरेका थिए ।