श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ जेठ १ गते बुधबार, १५ मे २०१९ । वैशाख शुक्लपक्षका एकादशी तिथि ०९ः३८ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र उत्तराफाल्गुनी ०६ः३८ बजेसम्म, उप्रान्त हस्त, चन्द्रमाराशि कन्या, सूर्योदय ५ः१७ र सूर्यास्त ६ः४५ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय सामान्यखालको छ । कार्य व्यवसायमा केहि समस्या आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । विछोडिएका साथीसिट भेट होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । लाभदायी यात्रा होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । अवरोध रहेका कामकाजहरु उचित सहयोग मिल्ला । शुभ समाचार सुन्नीने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आम्दानीका नया“ श्रोतहरु फेला पर्नेछन् । नपत्याएका व्यक्तिहरुबाट उचित सहयोग मिल्ला । दिन राम्रो छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
वस्त्र तथा आभुषण प्राप्त हुनेछ । विवाह व्रतवन्ध जस्ता कार्यक्रममा संलग्न भइएला । रमाइलो मा दिन वित्ला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । शिर तथा आ“खासम्बन्धी समस्याले निकै सताउला । आर्र्थिक संकटको सामना गर्नुपर्ला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कलातथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । विदेश यात्राको योग छ । पारिवारिक जीवनमा खुसियाली छाउला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
जग्गा–जमिन तथा भवन सम्बन्धी काममा मन जाने छ । अवरोध रहेका कामकाजहरु सूचारु हुनेछन् ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
ठेक्का– पट्टा तथा पर्यटन व्यवसायमा मन जाने छ । रमणिय स्थानको भ्रमणगर्ने अवसर मिल्ल । मन प्रफुल्ल रहला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । माङ्गलिक कार्यक्रममा संलग्न भइएला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तमखालको छ । जागीरमा बढुवा तथा स्थानान्तरण हुनेछ । शुभसमाचारले मन प्रसन्न बन्नेछ ।