धरान । समीम मियाँ अन्सारी मुस्लिम आयोगको अध्यक्षमा नियुक्त भएका छन् ।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषदको सिफारिसमा अन्सारीलाई अध्यक्षमा नियुक्त गरेकी हुन् । अन्सारी हालसम्म संसदीय सुनुवाइ समितिबाट भने अनुमोदित भएका छैनन् । सुनुवाइ समितिले अध्यक्षमा अन्सारीलाई अनुमोदन गर्ने वा नर्गने भन्ने निर्णयमा पुग्न सकेको छैन ।

उनको नागरिकतामा विवाद देखिएपछि पनि समितिले निर्णय गर्न नसकेको हो । उनको नागरिकता छानबिन पनि गरिएको छ ।