धरान / सर्वोच्च अदालतले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति तथा प्रत्रानमन्त्री केपी ओलीले गत फागुन २६ गते उपकुलपति पदबाट डा. राजकुमार रौनियारलाई हटाउने निर्णयको कारण देखाउ आदेश जारी गरे पछि आज रौनियारले पुन पद बहाली गरेका छन् ।
उनलाई चैत ४ गतेको न्यायधिश प्रकाशमान राउतको एकल इजलासले फागुन २६ गतेको निर्णय कार्यान्वयन नगराउनु तथा १२ गते दुवै पक्ष छलफलमा आउनु भन्ने आदेश जारी गरेका थिए ।
सर्वोच्चको आदेशले आफुलाई न्याय गरेको डां रौनियारले बताए । उनी ११ बजे दलवलसहित उपकुलपति कार्यकक्षमा प्रवेश गरे । उनको स्वागतमा कर्मचारीको घुइचो लागेको थियो ।
यता ४ गते नै सहकुलपति तथा सरकारका स्वास्थ्यमन्त्री उपेन्द्र यादवले रेक्टर डा. गुरु प्रसाद खनाललाई आर्थिक तथा प्रशासनिक फुल अधिकारसहितको निमित्त उपकुलपतिको पत्र दिए पछि चैत ५ गतेदेखि काम गर्न शुरु गरेका छन् । कर्मचारीका तलव तथा अन्य महत्वपूर्ण काम हिजै गरेका छन् ।
अदालतबाट रौनियारलाई पत्र दिए पछि र मन्त्रलायलबाट खनाललाई पत्र दिए पछि दुई उपकुलपति हुदा अन्यौल भएको छ । झडप हुने स्थितिलाई मध्यनजर गरेर प्रतिष्ठानमा व्यापक प्रहरीसमेत परिचालन गरिएको थियो ।
कर्मचारी, चिकित्सलगायत राजनीतिक दलका नेताहरुसमेत प्रतिष्ठानको समस्याका कारण विभाजित भएका कारण विभाजित छन् । द्वन्द्व आउने सम्भावनालाई टार्न प्रहरी खटाइएको अस्थायी प्रहरी पोष्टका इञ्चार्ज दुर्गा पराजुलीले जानकारी दिए ।
यस्ताे छ अदालतकाे आदेशमा
रौनियारलाई फागुन १७ गतेको सिनेटको निर्णयअनुसार कुलपति तथा प्रधानमन्त्रीले फागुन २६ गते सिनेटको निर्णयलाई सदर गरेका थिए । ३० गते उनले पत्र पाए पछि चैत ३ गते अन्तरिम आदेशको माग गर्दै सर्वोच्चमा रिट दिएका थिए । चैत ४ गते सुनुवाई गर्दै न्यायाधिश प्रकाशमानसिंह राउतले आदेश जारी गरेका थिए । उनको आदेशमा १५ दिनभित्र निवेदकको माग वमोजिम आदेश जारी हुनु नपर्ने आधार र कारण खुलाउन भनिएको छ । १२ गते विपक्षिलाई बोलाइएको छ ।
कुलपतिले सफाईको मौका नदिई पदबाट हटाएकोले फागुन २६ गतेको निर्णय र सो निर्णयको आधारमा सहकुलपतिले लेखेको पत्र अन्तरिम आदेशको छलफलबाट टुंगो नलागेसम्म कार्यान्वयन नगर्नु, नगराउनु भन्ने अल्पकालिन आदेश भएको छ ।
सहकुलपतिले दिएकाे निमितकाे पत्र यस्ताे छ
यता ४ गते नै सह–कुलपति उपेन्द्र यादवले डा. खनाललाई प्रतिष्ठानको प्रशासनिक, आर्थिक काम हेर्ने गरि निमित्त उपकुलपतिको रुपमा काम गर्न भनि पत्र लिइएको छ । सोही अनुरुप उनले चैत ५ गतेदेखि काम शूरु गरेका छन् ।
रौनियार पुनः उपकुलपति भएर आएको जानकारी छैन
निमित्त उपकुलपतिको जिम्मेवारी पाएका खनालले अदालतको निर्णय आफनो टेवलमा आज ११ः ३० बजे आएको बताए । ‘यस विषयमा आफु कानुनी परामर्श गरिरहेको छु । अदालतको पत्रमा मलाई निमित्त काम नगर्नु भन्ने छैन् । सरकारले गरेको निर्णय आफुले पालना गर्ने हो ।’ डा. रौनियार उपकुलपति भएर आएको आफूलाई औपचारिक जानकारी नभएको उनले बताए ।
अदालतकाे आदेशकाे व्याख्या
अदालतको आदेशमा डा. राजकुमार रौनियार पुन पहबहाली गरे पछि र स्वास्थ्यमन्त्री उपेन्द्र यादवले रेक्टर गुरुप्रसाद खनालले निमित्त उपकुलपतिको जिम्मेवारी दिए पछि प्रतिष्ठानमा को उपकुलपति भन्ने अन्यौल भएको छ । प्रतिष्ठानको एक पक्षले रौनियार पद बहाली हुदा सरकारको पत्र लिएर आउनु पर्ने बताउदै आएका छन् । अर्को पक्षले भने अदालतको आदेश नै पदमा रहिरहेको हो भन्ने बुझाइ भएको छ ।
तर कानुन व्यवसायीहरुले अदालतले स्टेअर्डर दिइसके पछि सरकारले गरेका अघिल्ला निर्णय स्वत कार्यन्वयनमा नआउने बताएका छन् । धरान उपमहानगरपालिकाका कानुनी सल्लाहाकार समेत रहेका कानुन व्यवसायी अवइन्द्र निरौलाले स्टे अर्डर भनेकै सरकारले गरेका कुनै पनि निर्णय कार्यन्वय नगर्नु नगराउनु, पहिले जस्तो अवस्थामा छ त्यही हुन दिनु भन्ने भएको बताए । राज्यले न्यायलयको आदेश मान्नै पर्ने हुन्छ । त्यो मान्दा सरकारले गरेका अघिल्ला निर्णय स्वत निष्कृष्य हुन्छन ।’–कानुन व्यवसायी निरौलाले भने ।