धनकुटा । एक नं. प्रदेशका अर्थमन्त्री इन्द्र आङ्वोलाई लिम्बुवान विरोधी भएको भन्दै चौबीसे गाउँपालिकाको राजारानीमा माग गर्दैं लिम्बुवान स्प्रिङका कार्यकर्ताले कालो झण्डा देखाएका छन् ।
मन्त्री आङ्वो याक्थुङ चुम्लुङको २२ औं परिषद् बैठकमा सहभागी हुन राजारानी गएका हुन् । विरोध प्रर्दशनको कार्यक्रमलाई नकारात्मक रूपमा नभएकाे, लोकतान्त्रिक अभ्यास प्रयोग गरेर प्रर्दशन हुनु सामान्य भएको किरात याक्थुङ चुम्लुङका अध्यक्ष योगराज वनेमले बताएका छन् ।
आज समापन हुने याक्थुङ चुम्लुङको २२ औं परिषद् बैठकमा केन्द्रीय समिति, प्रादेशिक समिति, १४ जिल्ला समिति, विषयगत समितिहरूबाट प्रतिनिधिहरूको सहभागिता रहेको बताइएकाे छ ।