धरान / महेन्द्र बहुमुखी क्याम्पस धरानको स्ववियु कार्यालयमा नेकपाका विद्यार्थी संगठनहरु अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले आज तालावन्दी गरेका छन् ।
स्ववियूले स्ववियु सभामा राखेको आर्थिक प्रतिवेदन अस्पष्ट भएको भन्दै स्ववियुका पदाधिकारीले आर्थिक अनियमितता गरेको आरोप लगाउदैं तालाबन्दी गरिएको हो ।
गत फागुन २५ गते स्ववियु सभामा राखिएको थियो । आर्थिक प्रतिवेदन चित्तबुझ्दाे नभए पछि उक्त प्रतिवेदन पास समेत नभएको अनेरास्ववियु अध्यक्ष सुजन खत्रीले जानकारी दिए । विद्यार्थीको सम्पतिमा उनीहरुले राज गर्न खोजे सोही विरोधमा आज तालाबन्दी गरिएको खत्रीको भनाई छ ।
उनका अनुसार स्ववियुका पदाधिकारीले स्ववियु कोषबाट ३० हजारको टिसर्ट लगाएको, धरान उपमहानगरपालिका र क्याम्पसको संयुक्त लगानीमा निर्माण भएको पार्किङ क्षेत्रमा स्ववियुले खर्च गरेको विल भरपाई देखाएको, दुईवर्षमा दुई पटक भएको विद्यार्थी स्वागत तथा विदाई कार्यक्रमलाई पटक पटक गरेको भनेर उल्लेख गरिएको भन्दै विज्ञप्ति जारी गरेर आपति जनाएका छन् ।
अनेरास्ववियु क्याम्पस इकाइ कमिटि अध्यक्ष सुजन खत्री, क्रान्तिकारीका कार्यवहाक अध्यक्ष हेम राज राईले सयुक्त रुपमा विज्ञप्ति जारी गरेका छन् ।